रातो मासुका पारखी सावधान

Red-Meatके तपाईं रातो मासुका परिकारको सौखिन हुनुहुन्छ ? होस् गर्नुस्, तपाईंको यही सोख अकाल मृत्युको कारण बन्नसक्छ । आधा मात्र पाकेका रातो मासुका परिकार स्वास्थ्यको दृष्टिले हानिकारक रहेको पत्ता लागेको छ । यसरी बन्ने ह्यामबर्गर, ससेज जस्ता परिकारले मानवस्वास्थ्यमा घातक असर गर्न सक्छन् । युरोपभरका रातो मासुका डेढ लाख पारखीबीच गरिएको एक अध्ययनले यो तथ्य बाहिर ल्याएको हो । यो अध्ययन दशवटा देशमा १३ वर्षसम्म गरिएको थियो ।

अध्ययनअनुसार अत्यधिक रातो मासुका परिकार खाने व्यक्तिमा हृदयरोग, क्यान्सरजस्ता रोगको जोखिम बढी पाइएको छ । बिएमसी मेडिसिन पत्रिकामा अध्ययनकर्ताले एउट लेख लेखेर नुन र केमिकल मिसाइएका रातो मासु छिटो बिग्रने बताएका छन् । यस्ता व्यक्तिमा अनावश्यक मोटोपना हुने साथै धूमपान तथा शरीरलाई हानि पुर्‍याउने खालको दुव्र्यसनीको सिकार पनि हुने अध्ययनमा उल्लेख छ ।
यस्ता मासुका परिकार २० ग्राम खाने व्यक्तिभन्दा एक सय ६० ग्राम वा त्योभन्दा बढी खाने व्यक्तिको मृत्यु सम्भावना ४४ प्रतिशत बढी हुने पनि अध्ययनबाट देखिएको छ । अध्ययनमा सहभागी ज्युरिच विश्वविद्यालयका प्रोफेसर सबिना रहमानले यस्तो मासुको सौख घटाउँदै प्रत्येक दिन २० ग्रामभन्दा कम बनाए तीन प्रतिशतका दरले मृत्यु जोखिम घटाउन सकिने बताइन् । (एजेन्सी)

प्रतिक्रिया