मलेसियाबाट जबरजस्ती नेपाली कामदार फर्काइएको घटनालाई कसरी लिनुभएको छ ?

कामदारलाई स्वदेश फर्काउने विभिन्न कारण हुन सक्छन् । कामदारले बन्द, हडताल गरेका कारणले पनि फर्काइन्छ । अर्को कारण त्यहाँको कम्पनीमा काम नपाएर पनि फर्काइएको हुनसक्छ । तसर्थ, हामीले सर्वप्रथम कामदारलाई कुन कारणले नेपाल फर्काइएको हो भन्नेबारे बुझ्न जरुरी छ । विभिन्न समयमा आइरहने यस्ता समस्या समाधानका लागि सरकारका तर्फबाट पनि कूटनीतिक पहल चालिनुपर्छ । सस्तो तलबमा कामदार ल्याउन सकिन्छ भन्ने लोभमा कम्पनीले यसरी कामदारलाई नेपाल फर्काइएको हो भने यो सरासर गलत कार्य हो । यसलाई सरकारी तबरबाट पहलकदमी लिनु आवश्यक हुन्छ । त्यसका लागि वैदेशिक रोजगार हाम्रा तर्फबाट गर्नुपर्ने सहयोग गर्न हामी तयार छौँ । अहिले मलेसियामा समस्या सुल्झने अवस्था छैन । तलबका कारण विभिन्न समस्या सिर्जना भएका छन् । कामदारले बन्द, हडताल गरेर यस्ता समस्या समाधान सम्भव छैन । त्यहाँस्थित दूतावासले नेपाली कामदारलाई संयमित हुन अनुरोध गर्नुपर्छ । भविष्यमा बढेको तलब पाइहालिन्छ, त्यसमा कुनै शंका छैन । बन्द, हडतालको बाटो अवलम्बन गर्दै जाने हो भने भविष्यमा यस्ता थुप्रै नेपाली कामदार नेपाल फर्काइन सक्छन् । र, यसले ठूलो समस्या खडा गर्न सक्छ ।

प्रतिक्रिया