विराटनगरमा चौपाया डकैती

मोरङ, २८ फागुन । विराटनगरमा हतियारसहित आएका १५–२० जनाको समूहले गाई, भैंसी, गोरु र पाडा डकैती गरेर लगेका छन् ।
बिरटनगर उपमहानगरपालिका–२०, दरैया वस्तीबाट आज विहान करिव साढे एक बजे हातहतियार सहित आएका १५–२० जनाको डाँका समूहले २ राउण्ड गोली फायर गरेको प्रहरीले जनाएको छ ।
डाँकाले रामबहादुर यादव र राजु यादवको घरबाट भैसी, गोरु, गाई र पाडा गरी १० वटा चौपाया डाँकैती गरेर लगेका हुन् । फरार डाँकाहरुको खोजतलास जारी रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया