प्रमुख राजनीतिक दलहरुबीच भइरहेको सहमतिको प्रयासलाई कसरी लिनुभएको छ ?

प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाएर न्यायपालिका र कार्यपालिकालाई एउटै बनाउने प्रयासमा प्रमुख राजनीतिक दलहरु लागेका छन् । एमाओवादीले त हिजो संविधानसभामा न्यायपालिकालाई ब्यबस्थापिका–संसदको मातहत ल्याउनुपर्ने भनेर अडान राख्दै आएको थियो । तर उतिबेला त्यसको चर्को विरोध गर्ने नेपाली कांग्रेस, नेकपा (एमाले)का नेताहरु अहिले किन एमाओवादीको एजेण्डामा सहमत भइरहेका छन् ? एउटै व्यक्तिलाई न्यायपालिका र कार्यपालिकाको प्रमुख बनाउनु शक्ति पृथकिकरणको सिद्धान्तविपरित हुन्छ ।
अहिले एमाओवादी अहिले मानवताविरोधी अपराधिलाई क्षमा दिने प्रयासमा लागेको छ । नेपाली सेनामा आफ्ना पूर्वलडाकुलाई माथिल्लो पदहरुमा राखेर सेनामा आफ्नो नियन्त्रण खोजिरहेको छ । एमाअ‍ोवादीको छलकपटमा कांग्रेस, एमालेलगायत मधेशी मोर्चाका नेताहरु पनि लतारिदै गइरहेका छन् । एमाओवादीलाई शान्ति, संविधान र देशको कुनै चिन्ता छैन । त्यस्तै मधेशी दलहरुको पनि आफ्नै स्वार्थ र चाहनामा लागेका छन् । उनीहरु पनि लाखौलाख गैरनेपालीलाई नागरिकता दिलाएर आफ्नो बहुमत पुऱ्याउदै मुलुक टुक्र्याउने खेलमा लागेका छन् । यस्तो अवस्थामा विभिन्न बाहनामा खिलराजलाई प्रधानमन्त्री बनाउनु राम्रो हुदैन र भविश्यमा मुलुकले नराम्रो दुर्घटना ब्याहोर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया