महिला हिंसा मुक्त गाविस बनाइने

गुल्मी, २७ फागुन । गुल्मीको हर्दिनेटा गाविसलाई महिला हिंसा मुक्त गाविस बनाउने प्रतिबद्धता त्यहाँका अगुवाहरूले व्यक्त गरेका छन् । १०३औँ नारी दिवसको अवसरमा महिला हिंसाविरुद्ध शून्य सहनशीलताको विकास गरी गाविसलाई नै महिला हिंसा मुक्त बनाउन गाविस सचिव, राजनीतिक दल र समाजका अगुवाहरूले प्रतिबद्धता व्यक्त गरेका हुन् । युरोपियन युनियन र युएन वुमनको सहयोगमा मानवअधिकारका लागि जनमञ्च (पिपुलफोरम)ले नारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । गाविस सचिव कमलराज श्रेष्ठले हर्दिनेनालाई महिला हिंसामुक्त गाविस घोषणा गरे ।

एमाओवादीका डिल्लीराज पन्त, कांग्रस प्रतिनिधि राजेन्द्र अर्याल, एमालेका उपाध्यक्ष बाबुराम अर्याल, जनमोर्चाका अध्यक्ष गुमानसिं पुन, नेकपा–माओवादीका अध्यक्ष कृष्णप्रसाद पन्त, नवप्रभात युवा संघका अध्यक्ष शंकरप्रसाद पन्त, शिक्षक विष्णुप्रसाद पन्त, समाजसेवी पशुपति पन्त, अनमोल महिला विकास समूहका अध्यक्ष संगीता पन्त तथा पौरखीका अध्यक्ष कमला भलामीलगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी महिला हिंसा रोक्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया