अन्तर्राष्ट्रिय महिला दिवस मनाउने परम्परालाई कसरी लिनुभएको छ ?

वर्षमा एक दिन मनाइने अन्तर्राष्ट्रिय नारी दिवसले मुलुकभित्र मात्र नभई विश्वभर महिलामाथि हुने हिंसाविरुद्ध सबैलाई एकसाथ झक्झक्याउने प्रयास गर्छ । दैनिकजसो विश्वका कैयौँ महिला हिंसाका सिकार भइरहेका र हिंसामा परेका महिलालाई सहज जीवनयापनका लागि यस दिनले थौरै भए पनि उत्साह दिलाउँछ । १०३आँै अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा पनि हामी आफैँले गरेका प्रतिबद्धता पूरा गर्न सकिरहेका छैनाँै न त महिला हिंसा न्यूनीकरणका लागि निर्माण गरिएका नीति–नियम कार्यान्वयन गर्न सकिरहेका छौँ । अहिले परम्परागत हिंसा नियन्त्रण गर्न सकिए पनि विज्ञान प्रविधिको विकाससँगै हिंसाका नयाँ स्वरूप पैदा भइरहेका छन् । भ्रुणहत्या यसको ज्वलन्त उदाहरण हो । समयसापेक्ष हुनेगरी राज्यले आवश्यक नीति निर्माण गरी त्यसको कार्यान्वयन गरे मात्रै हिंसा नियन्त्रण गर्न सकिन्छ । यो एकल प्रयासले सम्भव छैन । संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले महिलामाथि हुने हिंसालाई कुनै पनि हालतमा सैह्य नहुने बताउनुभएको छ । महासचिवको यो भनाइले पनि विश्वव्यापी रूपमा महिलामाथि हुने हिंसाविरुद्ध लाग्न सबै मुलुकलाई आवश्यक पहलकदमी लिन अभिप्रेरित गरेको छ । यो महिलाको मात्रै मुद्दा नभएर सिंगो समुदाय, मुलुक र विश्वकै लागि एउटा विकराल समस्या हो । तसर्थ, महिलामाथि हुने हिंसा नियन्त्रण केवल महिला मात्रै सजग र सचेत भएर हँुदैन कि आमसमुदायको सामूहिक प्रयास र सहभागिताबाट मात्रै सम्भव छ ।

प्रतिक्रिया