प्रहरी हवल्दार हत्या गर्ने पासवान पक्राउ

Birendra-Paswanराजविराज, २६ फागुन । प्रहरी हवल्दारको हत्याका साथै विभिन्न अपराधिक घटनामा संलग्न वीरेन्द्र पासवानलाई सप्तरी प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
कोईलाडी–९ निवासी पासवानलाई प्रहरीले फागुन–२० गते पक्राउ गरेर अनुसन्धन सुरु गरेको एसपी सञ्जयसिंह वस्नेतले जानकारी दिए । पक्राउ परेका पासवानको भारतीय प्रहरीले समेत अत्याधिक खोजीको सूचीमा राखेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आज (शनिबार) राजविराजमा पत्रकार सम्मेलन गरेर पासवानलाई सार्वजनिक गर्नुका साथै उनको अपराधका बारेमा जानकारी दिएको हो ।
पासवान गैरकानूनी हतियार, गाँजाको ब्यापार, डाँका तथा विभिन्न हत्याका घट्नामा संलग्न रहेको प्रहरीले जनाएको छ ।
वभनगामाकट्टी–९ स्थित ससस्त्र प्रहरी वल दन्तकाली गणमा कार्यरत प्रहरी हवल्दार राम यादवको २०६२ असार–२० गते पासवानले गोली हानी हत्या गरेका थिए ।

प्रतिक्रिया