फोहोरदेखि कन्डमसम्म

DEEPAK-Sapkotaमोबाइल सेटमा पात्र १ को नम्बरबाट ‘कल’ आएको देखेपछि पात्र २ हत्तपत्त फोन उठाउँछ र भन्छ, ‘सफा टेम्पो चढेर आउँदै छु । बाटोमा बसिराख्नुस्, देखेपछि कराउँछु र सँगै जाउँला ।’
पात्र १ अर्को खिल्ली चुरोट सल्काउँछ र गोलाकार धुवाँ विस्तारै फाल्दै टोहोलाउँछ । ‘गाँजा खाने याममा निकोटिनले के छुन्थ्यो,’ सोचेर अर्को सर्को तान्छ अनि पशुपतिमा धुनी जगाएर बसेका नांगा बाबा कल्पिन थाल्छ ।
‘मित्र †, भित्र टेम्पोमा आउनुस्’, सुनेपछि ठुटो मिल्काएर ऊ पनि तीन चक्के चढ्छ । टेम्पोले धुवाँ नफाले के भयो ? उसको सट्टा मिल्किएको चुरोटको ठुटोले सकिनसकी एकछिन् धुवाँ फाल्छ र निभेर जान्छ ।
‘एउटा कुरा थाहा छ ?,’ पात्र १ बोल्छ ।
‘के कुरा ?’
‘हाम्रो जिन्दगी धुवाँदेखि धुवाँसम्मको यात्रा त रै’छ आखिर † त्यसैले आजको साँझलाई धुवाँमय बनाएर अस्तित्वको परम परख किन नगर्ने ?’
‘निकोटिन कि गाँजा बेस ?’ पात्र २ हौसिन्छ ।
‘धुनी जगाएको ठाउँमा ‘पट’ मुन्तिर के ओर्लिनु ? कसैले थाहा पायो भने ‘हग्नेलाई भन्दा देख्नेलाई लाज †’
टेम्पो गौशाला चौक पुगेपछि दुवै पात्र ओर्लिन्छन् र तिलगंगा साइडबाट पशुपति क्षेत्र प्रवेश गर्छन् ।
‘यो यात्राको प्रयोजन जीवनदेखि जीवनसम्मको लेखाजोखा हो कि अरू नै केही ?,’ पात्र १ सोध्छ ।
‘आर्यघाटमा बसी लास पोलेको हेर्दै जीवनसम्बन्धी चिन्तन गर्नुको स्वाद नै बेग्लै, बुद्धले कहाँ पाए र यो सुविधा ? मान्छे मरेको त के, बगैँचामा फूलमुर्झाएको अथवा पात सुकेकोसम्म देख्न पाएनन्, उनले । जीवन र मृत्यु नदीका दुई किनारा हुन् र परम–अस्तित्व यी दुईबीच बग्ने अविरल नाद हो,’ पात्र २ विद्वता छाँट्छ ।
‘ऊ त्यहाँ हेर्नुस् त् ?’, पात्र २ ले तेस्र्याएको चोर औँलातर्फ पात्र १ हेर्छ ।
‘त्यो भर्खरै ल्याएको लास ?,’ पात्र १ सोध्छ ।
‘होइन क्या, ‘फोहोर मलाई’ लेखेको डस्टबिन † ज्यादै करुणा जागेर आउँछ, यसको नियति देख्दा । यद्यपि, आफ्नो लेखान्तप्रति यसलाई कुनै गुनासो छैन, पूरै जगत्सँग हाँसीखुसी फोहोरको माग गरिरहेछ ।’
‘सत्य भन्यौ मित्र † संसारका दुई करुणामय पीडित वस्तु डस्टबिन र कन्डम हुन्, ‘एक्सक्रिटेड सब्स्ट्यान्सेस्’को प्राप्तिमा रमाउनुपर्ने नियति बोकेका †’
‘फोहोर मलाई’ झन् बढी पीडित होजस्तो लाग्छ, स्खलनपछिको कन्डम सम्हाल्ने जिम्मेवारी पनि उसैले लिनुपर्ने †,’ पात्र २ भन्छ ।
बाग्मतीको गन्हाउने पानीको हरक दुवैको नाकनाकसम्म आइपुग्छ ।
‘यो बाग्मतीको फोहोरमा कति कन्डम पुरिएका होलान् ?,’ पात्र १ सोध्छ ।
sujit-mainali-1‘त्यसो भए बाग्मती अझ बढी अभागी,’ हाँसोको पर्रा छुट्छ ।
आर्यघाटमा लहरै लास पोल्ने क्रम जारी छ । केही लास पालो पर्खिरहेका छन्, केही ब्रह्मनालमा तेर्सिएका छन् ।
‘ग्यास लिन लाइन, पेट्रोल हाल्न लाइन, पानी थाप्न लाइन, बिजुलीको बिल बुझाउन लाइन । हुँदाहुँदा मरेपछि जल्नका लागि पनि मान्छेले लाइन बस्नुपर्ने ?’
पात्र २ ले सोधेको कुरा नसुनेझँै गरी पात्र १ गुनगुनाउन थाल्छ, ‘पर्खि बसे आउँला भनी मेरो उठ्ने पालो ।’
‘यो गीत लासप्रति समर्पित ?,’ पात्र २ सोध्छ ।
‘होइन, एकपटक स्खलन भएको लिंगप्रति ।’ फेरि हाँसो गुञ्जिन्छ ।
‘जाऊँ किरातेश्वर डाँडातिर । विचार फुरिहाल्छ कि †’ कुनै एक पात्रले प्रस्ताव राख्छ र आर्यघाटपारिबाट वनको बाटो हुँदै दुवै उकालो लाग्छन् ।
‘शृंगारिक विचार फुर्ने छाँटकाँट देखेँ मैले,’ पात्र २ भन्छ ।
‘कसरी ?’
केही अगाडि चौडा रूखको कापमा ‘टंगकिस’ गरिरहेका जोडीतर्फ पात्र २ संकेत गर्छ ।
‘चुम्बन प्रेमको खुड्किलो हो भने यौन यसको उत्कर्ष,’ पात्र १ भन्छ ।
‘ठीक । यौनका पनि धेरै तह हुन्छन् । आपसी मुखमैथुन सबैभन्दा उच्च तह हो किनकि यसमा लाज, घीन, संकोच सबै विलुप्त भएको हुन्छ र नितान्त दुईको उपस्थितिको मात्र बोध हुन्छ,’ पात्र २ भन्छ ।
दुई पात्रको उपस्थितिको भेउ पाए होलान् ‘टंगकिस’मा लीन जोडीले, त्यसैले उनीहरू रूखको कापबाट बाहिर निस्किन्छन् र गफिएको नौटंगी गर्छन् ।
‘उनीहरूको नौटंकीका लागि प्रकारान्तरले समाज जिम्मेवार छ, थोडी उनीहरू दोषी छन् यसमा ? तर अहिले चाहिँ हामी दोषी देखियाँै,’ पात्र १ भन्छ ।
सूक्ष्म हाँसोसहित अलिक अगाडिको अर्को जोडीतर्फ संकेत गर्दै पात्र २ थप्छ, ‘खोइ त त्यो जोडीलाई हाम्रो उपस्थितिको कुनै पर्वाह छैन ।’
पात्र २ ले संकेत गरेतर्फ पात्र १ हेर्छ । रूखमा अडेस लागेर एउटा अधवैशेँ पुरुष उभिएको छ र उसको सर्परूपी पाखुरामा एउटी तरुनी मस्तसँग बेरिएकी छे । दुई पात्र आएतिर नभई ठीकविपरीत दिशातर्फ दुवैका टाउका मोडिएका छन् । सायद लाज छोप्न होला †
‘मुख्य कुरा के हो भने प्रेममा लजाउनु आफँैमा एउटा बेवकुफी हो । अर्को हाँसउठ्दो कुराचाहिँ के लाग्छ भने यसरी अर्कोतिर मुन्टो फर्काउँदैमा कहीँ लाज छोपिन्छ ? के मुन्टो फर्काउनु फरिया बेरेसरह हो ?,’ पात्र १ भन्छ ।
‘यसलाई विहारी प्रभाव मान्न सकिन्छ ।’
‘कसरी ?’
‘विहारमा आइमाई मान्छेहरू सडकछेउ लोग्नेमान्छेसँगै लाम लागेर दिसा गर्ने गरेको मैले पनि देखेको छु । दिसा गरुन्जेल आइमाईहरूले साडीको सप्कोले टाउको छोपेका हुन्छन् । टाउको छोपे लाज मेटिन्छ रे, चाक नछोपिए पनि कुनै पर्वाह छैन † यो जोडिको मुन्टो फर्काइ पनि त्यस्तै हो कि †’
‘क्याबात मित्र क्याबात † त्यो अधवैशेको फुलेको कपाल र उसको अँगालोमा बेरिएकी ‘ट्रिम एन्ड स्लिम’ षोडसीको कस्सिएको पुठ्ठा देख्दा तपाईंलाई केही याद आएन ?,’ पात्र १ सोध्छ ।
‘जगजित सिंहको ‘ना उम्रकी सीमा हो, ना जन्मका हो बन्धन’ बोलको गीत याद आयो ।’
मन्द हाँसोसहित दुवै थप उकालो लाग्छन् र किरातेश्वर डाँडाको फेदीमा पुग्छन् । फाल्गुनन्दको सालिकले उनीहरूलाई जडवत रूपमै मौन स्वागत गर्छ । किरातेश्वर डाँडामा रहेको यज्ञकुण्डबाट निसृत: paintingओमकारको धोद्रो ध्वनिले वातावरणलाई गुञ्जयमान
पारेको हुन्छ । सँगसँगै समिधा, कपुर, तण्डुल, धृतम आदिको आहुतिले वातावरण सुगन्धमय बनेको हुन्छ ।
धार्मिक परिवेशले मनलाई शान्त बनाउनुपर्नेमा पात्र १ को मनस्थिति ठीक उल्टो बन्छ ।
‘मलाई रुन मन लाग्यो मित्र,’ पात्र २ समक्ष ऊ भन्छ ।
‘यस्तो अवस्थामा तपाईंलाई म नरुनु भन्न सक्दिनँ, आफूलाई सम्हाल्नुस्सम्म भन्न सक्छु । प्रेममा ‘ट्रयाजिडी’ मैले पनि भोगिसकेको छु । तपाईंको पीडालाई म महसुस गर्न सक्छु, तर अनुभूत गर्न सक्दिनँ ।’
‘के यसलाई म मैले रुन पाउनुपर्ने प्रस्तावको अनुमोदन सम्झिउँm ?’
‘निसन्देह मित्र, ‘वाइल्ड’ भएर रुनुस् ताकि यसले तपाईंको मनको वेदना पखालोस् र यसलाई कञ्चन बनओस् ।’
पात्र २ रुन थाल्छ । पात्र १ नमज्जा पाराले मित्रलाई हेर्छ र चुरोट सल्काउँछ । छेवैको पसलबाट मिनिरल वाटर किनेर ल्याउँछ र दुई घुट्की पिएर मित्रतर्फ बोतल बढाउँछ ।
‘मलाई थाहा छ, जे हुन्छ राम्रैका लागि हुन्छ । पशुपतिदेखि किरातेश्वरसम्मको यात्राबाट जागृत यो आत्माज्ञानले चित्त त बुझायो, तर मन बुझाउन सकेन,’ आँसु झार्दै पात्र २ ले पात्र १ तिर फर्किएर प्रश्न गर्छ, ‘मन बुझाउँन कति समय लाग्ला ?’
‘मेरो अनुभवका आधारमा भन्नुपर्दा कम्तीमा ६ महिना त लाग्छ मित्र †’
‘उफ † मलाई अर्को पनि तत्वज्ञान भयो ।’
‘के ?,’ उत्साहि हुँदै पात्र १ सोध्छ ।
‘समयभन्दा परिस्थिति बलवान रै’छ । समय त फगत ‘नन एक्जिस्टेन्ट इन्टिटि’ मात्र रै’छ † यसलाई सामर्थ प्रदान गरेको हुँदो रै’छ परिस्थितिले ।’
‘मलाई पनि त्यस्तै लाग्छ,’ पात्र २ का भिजेका आँखा देखेर पात्र १ ले आफ्नो रुमाल पात्र २ तर्फ बढाउँदै भन्छ, ‘मान्छे वर्षौ नबदलिन पनि सक्छ र आजको भोलि बदलिन पनि सक्छ । यो सबै निर्धारण गर्ने त आखिर परिस्थिति न हो †’
‘गजबको आत्मज्ञान,’ पात्र २ भन्छ, ‘तर मलाई रुन दिनुस् ।’ यति भनेर कुर्सीमा अडिई आकाश नियाल्दै ऊ घुक्कघुक्क रुन थाल्छ ।
‘पीडा ईश्वरको अदभूत वरदान हो किनकि यसले तपाईंको बोध क्षमता तिखार्छ । खलिल जिब्रानले भनेकै छन् नि, ‘ज्ञानलाई समावृत गर्ने शिला फुट्नु भनेकै पीडा हो ।’
‘सायद तपाईं सत्य भन्दै हुनुहुन्छ,’ पात्र २ भन्छ र रुमालले आँखा पुस्छ । आफ्नो भनाइको अनुमोदन देखेर पात्र १ ले नभएको जुँगा मुसार्छ । करिब डेढ घन्टाको किरातेश्वर बसाइका क्रममा दुई पात्रले आठ खिल्ली चुरोट सल्काउँछन् ।
‘कति खिल्ली बाँकी छ ?,’ पात्र २ सोध्छ ।
मिनी प्याक चुरोटको बट्टामा चिहाएपछि पात्र १ भन्छ, ‘दुई खल्ली ।’
‘क्याबात † जाऔं फेरि घाटतिरै । अर्को आत्मज्ञान भइहाल्छ कि ?’
दुवै ओरालो लाग्छन् र घाटछेउ पुग्छन् ।
‘लाइक इन इन्डिया, द हिन्दूज् अफ नेपाल बर्न द डेथ बडी अफ दियर रिलेटिभ्स अन द ब्यांक अफ होली रिभर । यु नो, बाग्मती इज द मस्ट होली रिभर अफ नेपाल,’ एउटा गाइड विदेशीलाई बुझाउँदै हुन्छ ।
दुवै पात्रले जलिरहेका र पालो कुरिरहेका लासतर्फ पुन: हेर्छन् । जलिरहेको एउटा लासतर्फ संकेत गरी पात्र १ ले सोध्छ, ‘त्यो तेजिलो आगो देख्दा के सम्झिनुहुन्छ ?’
‘महात्मा गान्धीको भनाइ ।’
‘कुन ?’
‘ज्ञान हासिल गर्ने बेलामा म कहिल्यै मर्दिनँ भन्ने सोच्नु, व्यवहार गर्ने बेलामा म भोलि नै मर्दै छु भन्ने सोच्नु ।’
‘अनि व्यापार गर्ने बेलामा चाहिँ ?’
‘गान्धीले व्यापारबारे भन्नै बिर्सिएछन्, उनैलाई सोध्नुपर्ला,’ अट्टहास गर्दै पात्र २ ले भन्छ ।
‘कुमार नगरकोटीलाई आर्यघाट किन जँच्यो होला ?,’ पात्र १ सोध्छ ।
‘खुकुरी चुरोट पनि त उनलाई उस्तै जचेकै छ नि †’
‘यो उनको आगोप्रतिको मोह त होइन ?’
‘तर उनको लेखाइ पढ्दा उनी अन्धकारका पारखी हुन जस्तो पो लाग्छ,’ यसो भन्दै पात्र २ थप्छ, ‘छोडिदिउ नगरकोटीका कुरा, आफ्नो चिन्ता उसले आफँै गरोस् ।’
‘अर्को कुरा मेरो मनमा खेलिरहेछ,’ पात्र १ भन्छ ।
‘के कुरा ?’
‘जीवन, आत्मज्ञान, प्रेम, बिछोड, यौन, मृत्यु आदिमध्ये सबैभन्दा बढी चिन्तनयोग्य कुरो कुन होला ?’
‘महाअस्तित्वको चिन्तनमार्फत यी यावत् विषयमा एकैपटक चिन्तन गर्न सकिन्छ ।’
‘कुरो अलि बुझिएन ।’
‘ऊ त्यो लाससँगै जलेर खरानी भएको दाउरा देख्दा तपाईंलाई के सम्झना आयो ?’
‘सबैको जीवन नश्वर छ र एकदिन सबैले यसरी नै जलेर विलीन हुनुपर्छ भन्ने बोध भयो ।’
‘विलीन हुने सबैमा तपाईंले आफूलाई चाहिँ राख्नु भयो कि भएन ?’
‘अन्तस्करणले त राख्यो होला, तर सबै नश्वर छन् भन्ने सोच्दा मैले तपाईं, घरपरिवारका सदस्य, साथीभाइलगायत सबैको मृत्यु भएको र आफूले चाहिँ रमिते भएर नियालिरहेको दृश्य कल्पिएँ ।’
‘त्यसलाई नै भन्छ, महाअस्तित्वको चिन्तनमा देखिएको कमी । यो मेरो स्वज्ञान होइन, पढेर हासिल भएको ‘चोरी ज्ञान’ हो । महाअस्तित्वको चिन्तनले तपार्इंमा आत्मबोध जागृत गराइदिन्छ र त्यतिबेला तपाईंलाई प्रेम, घृणा, हर्ष, विस्मात, सबै एक हुन् जस्तो लाग्छ ।’
‘साँझ पर्न लाग्यो, अब फर्किनुपर्ला,’ पात्र २ को प्रस्ताव पात्र १ ले स्वीकार गर्छ । बाटो छेउमा अर्को ‘फोहोर मलाई’ देखेपछि पात्र १ लम्किएर भित्र हेर्छ ।
‘यसमा प्रयोग गरिएको कन्डम फ्ँयाकिएको रै’छ,’ ऊ चिच्याउँछ ।
‘त्यसो भए आजको यात्रा र चिन्तनको सार ‘फोहोरदेखि कन्डमसम्म’ हुने भयो, होइन त ?,’ पात्र २ सोध्छ ।
‘एक्ज्याक्ट्ली ।’
‘खै त बाँकी चुरोट निकाल्नुस्,’ पात्र २ आदेश दिन्छ । चुरोट सल्काएर ऊ भन्न थाल्छ, ‘धूवाँसँगै उडाइदेऔँ सबै सपना र खरानीसँगै झारिदिउँm सबै वेदना ताकि आफूसँग आफू मात्र रहन सकियोस् ।’
दुवैले चुरोटको गहिरो सर्को तान्छन् र ठुटो ‘फोहोर मलाई’ भित्र मिल्काइदिन्छन् । पात्र १ पुन: लम्किएर भित्र हेर्छ – चुरोटको ठुटो अनवरत रूपमा धुँवा मिल्काइरहेछ र निभ्दै गरेको यसको भुंग्रोले कन्डमलाई पगालिरहेछ ।

प्रतिक्रिया