भरुवा बन्दुक बरामद

सुनसरी, २५ फागुन । सुनसरी जिल्लामा प्रहरीले शिकारीले जंगलमा छाडेर गएको भरुवा बन्दुक फेलापारेको छ ।
हाँसपोसा–४, स्थित वरमपुर सामुदायिक वनमा शिकारीहरु शिकार खेल्न गएको सूचना पाएर पिछागर्दै गएको प्रहरी टोलीलाई देखे पछि शिकारीहरुले आज विहान बन्दुक छाडेर फरार भएका थिए । शिकारीहरु फरार भए पनि भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
शिकारीहरुको सूचना पाउना साथ प्रहरी वनको गस्तीमा गएको थियो । वनको ब्लक नम्बर १ मा बेवारीसे अवस्थामा छाडेको १ नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरी भनाई छ ।

प्रतिक्रिया