राजनीतिक दलहरूबीच भइरहेको सहमतिको प्रयासमा एमाओवादीको भूमिका र रणनीतिलाई कसरी लिनुभएको छ ?

NAbindra-RAj-Joshi-copyadfअहिलेको मुख्य विषय भनेको सत्ता लम्ब्याइरहने कि मुलुकलाई वर्तमान संकटबाट सहज रूपमा निकास दिने भन्ने नै हो । सधैँभरि सत्तामा रहेर राष्ट्रलाई असफल बनाउँदै लैजाने हो भने त जसले जे गर्दा पनि हुन्छ । तर, साँचो अर्थमा मुलुकलाई वर्तमान राजनीतिक र संवैधानिक रिक्तताको अवस्थाबाट मुक्त गर्ने हो भने नयाँ सरकार गठन गरेर चुनावमा जानुपर्छ । सधँभरि राजनीतिक सहमतिका नाममा अन्य राजनीतिक दलहरूलाई झुक्याउँदै सत्ता लम्ब्याइराख्ने एमाओवादी रणनीतिले मुलुकमा गम्भीर दुर्घटना निम्त्याइरहेको महसुस सबैलाई गराएको छ । उसको यस्तो रबैया र प्रवृत्तिले मुलुकसामु देखिएका वर्तमान समस्या सुल्झाउन सक्दैन । विडम्बना, राष्ट्रसामु देखिएका वर्तमान समस्या समाधान गर्नमा एमाओवादी इमान्दार देखिएन । हरेक हप्ता मन्त्रिपरिषद्को बैठक बस्छ । राज्यको ढुकुटीबाट करोडां रुपियाँ बाड्ने काम मात्रै भइरहन्छ । यसले भविश्यमा मुलुकको आर्थिक अवस्था कस्तो हुन्छ भन्नेतर्फ एकपटक सोच्न जरुरी छ । त्यस्तै मुलुकमा अब निर्वाचनको विकल्प छैन । यसका लागि सर्वप्रथम बाबुराम नेतृत्वको वर्तमान सरकारको बहिर्गमन अपरिहार्य छ । साथै अर्को सरकार नबनुन्जेलसम्मका लागि राष्ट्रपतिले नै सरकार प्रमुखको जिम्मेवारी लिएर भए पनि वर्तमान संकटबाट मुलुकलाई निकास दिनुपर्छ ।

प्रतिक्रिया