सौराहामा तेक्वान्दो प्रतियोगिता

Taekwondoसौराहा, २४ फागुन । चितवनको सौराहामा शुक्रबार देखि १०औँ अञ्चलस्तरीय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुँदै छ ।
“स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ सौराहा तेक्वान्दो डोजाङ्ग र सरिता सौराहा तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा फागुन २५ र २६ गते सौराहाको फुडफेस्टिबल परिसरमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा चितवनका तीन , बारा, पर्सा, रौतहट, मकवानपुर, गोरखा, रुपन्देही र नवलपरासीका एक–एक टीम गरी १ सय ८० जना खेलाडीले सहभागी  हुने सौराहा तेक्वान्दो डोजाङ्गका प्रमुख प्रदीप श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतिक्रिया