रुकुममा ५.४ रेक्टर स्केलको भूकम्प

rukumरुकुम, २४ फागुन । रुकुम जिल्लालाई केन्द्र विन्दु बनाएर बिहीबार राती ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महशुस गरिएको छ । भूकम्पले आफ्नो केन्द्रविन्दु रुकुमको दक्षिण क्षेत्रलाई बनाएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
राती दश बजेर ३४ मिनेटमा जाँदा भूकम्पको धक्का महशुस गरिएको थियो । रुकुमका साथै सल्यान, प्युठान, गुल्मीलगायतका जिल्लामा भूकम्पले केही घरमा क्षति पुराएको छ ।
भूकम्पले सल्ले विमानस्थलस्थित एक घरमा क्षति पुराएको छ । खोलागाउँ गाविसमा पनि केही घरहरुमा क्षति पुगेका छन् । क्षतिको विवरण आउन बाँकी रहेको रुकुम जिल्ला प्रहरी कार्यालयका प्रमुख नावय उपरीक्षक राजेन्द्र भट्टले जानकारी दिए ।

प्रतिक्रिया