बाँदरमुडे घटनाका पीडितलाई राहत दिने सम्बन्धमा नेकपा (एमाओवादी) भित्र देखिएको भनिएको विवादलाई कसरी लिनुभएको छ ?

बाँदरमुडे घटना भएको यत्रो वर्ष भइसक्यो तर त्यस घटनाका पीडितले अहिलेसम्म राज्यबाट राहत पाउन सकिरहेका छैनन् । पछिल्लोपटक एमाअ‍ोवदी अध्यक्ष पुष्पकमला दाहाल प्रचण्डले ६० लाखको राहत प्याकेज घोषणा गरे । तर, सो प्याकेजका बारेमा पार्टी अध्यक्ष र प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच विवाद भएको सुनिएको छ । एमाओवादीले यस्ता आश्वासन थुप्रैपटक दिइसक्यो तर त्यसको व्यावहारिक रूपमा कार्यान्वयन हुनसकेको छैन । यो सबै प्रचारका लागि गरिएको नाटक मात्रै हो ।
अब एमाओवादीबाट पीडितले राहत पाउलान् भन्ने विश्वास कसैलाई छैन । आगामी दिनमा नयाँ बन्ने सरकारले बाँदरमुडे घटनाका पीडितलाई छिटोभन्दा छिटो राहत प्रदान गर्नै पर्छ । घटनामा पीडितका परिवारलाई आर्थिक राहत, घाइतेको औषधोपचारका साथै उनीहरूको सहज जीवनयापनका लागि राज्यले केही गर्नै पर्छ । खाली चुनावी नारा बनाएजस्तै प्रचारप्रसार गर्नुभन्दा पीडितका घाउमा मलम लगाउन सक्नेगरी राज्यले राहत प्रदान गर्न ढिलाइ गर्न हँुदैन ।

प्रतिक्रिया