सचिवले पाँच दिनको तलब दिने

काठमाडौं : ‘नयाँ नेपाल निर्माण अभियान’मा मुख्यसचिव र सचिवले पाँच दिनको तलब तथा अन्य कर्मचारीले एक दिनबराबरको तलब योगदान गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीबीच बुधबार भएको छलफलमा आर्थिक विकास र समृद्धिको तत्कालीन कार्ययोजना २०६८ को नयाँ नेपाल निर्माण अभियान खण्डमा ‘नयाँ नेपाल निर्माण कोष’ स्थापना गर्न उनीहरूले सोबराबरको तलब दिने सहमति भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहायक प्रवक्ता शंकरकुमार केसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया