‘हेग’मा जान नपरोस भन्ने खेतीः केसी

Chitra-Bahadur-KC-Dailekhaकाठमाडौं, २३ फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाओवादीले निर्वाचनको खेती गरेर अन्तर्राष्ट्रिय अदालत ‘हेग’मा जान नपरोस भन्ने दाउ कसेको आरोप लगाएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा अध्यक्ष केसीले मधेसी मोर्चाले पनि सोही नाममा लाखौं लाख भारतीयलाई बंशजको आधारमा नागरिकता दिलाउन षडयन्त्र गरेको दाबी गरे ।
सर्वोच्च अदालत राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको आखाँको कसिंगर बन्दै आएकाले अदालतलाई विगार्न प्रधानन्यायाधीशको नेतृत्वको प्रस्ताव ल्याएको उनको आरोप छ ।
‘लोकतन्त्रका लागि लडेका राजनीतिक दलका नेताहरुलाई बाईपास गरेर मुलुकले निकास पाउनै सक्दैन,’ उनले भने ।
एमाओवादीले संविधानसभा विघठन भएको चार महिनासम्म ब्यूताउने खेती गरेको भन्दै उनले फेरि पनि प्रधानन्यायाधीशको पासा फालेर विपक्षी दलहरुको आन्दोलन ध्वस्त बनाएको बताए ।
नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारीका नेता मणि थापाले मुलुकलाई सामाजिक फासिवादमा लैजान बाबुराम र प्रचण्डले योजनाबद्ध रुपमा प्रधानन्यायाधीशको नेतृत्वको प्रस्ताव ल्याएको दावी गरे ।

प्रतिक्रिया