छड्केको सहयोग ध्रुबे पीडितलाई

chhadkeचितवन : चलचित्र ‘छड्के’ले पछिल्लो समय प्रकृति संरक्षण र सामाजिक कार्यक्रमलाई तीव्रता दिएको छ । चलचित्र युनिटले मंगलबार माडीमा आयोजित कार्यक्रममा धुब्रे हात्तीबाट मारिएका बोट दम्पतीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
‘छड्के’ फिल्मका निर्माताद्वय माधव वाग्ले र नरेन्द्र महर्जनले मृतक बोट दम्पतीका छोरा सनिचर बोटलार्य २५ हजार रुपियाँको चेक हस्तान्तरण गरेका छन् । कार्यक्रममा नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ समितिको पनि सहभागिता थियो । सोही अवसर पारेर चलचित्रमा विन्दुको भूमिका अभिनय गरेका नवलपरासीको थुम्सीका बालकलाकार सन्तोष परियारलाई पनि २५ हजार रुपियाँले सम्मान गरिएको छ । ‘छड्के’ युनिटका सबै कलाकारसहित टोली चितवन आएको हो । मनोरञ्जनका साथै वन, वन्यजन्तु र वातावरण संरक्षणमा केन्द्रित गरेर चलचित्र ‘छड्के’को निर्माण गरिएको निर्माता माधव वाग्लेले प्रस्ट पारे । कार्यक्रममा ‘छड्के’का निर्देशक निगम श्रेष्ठ, कलाकार विपिन कार्की, दमाहङ राईलगायतले धारणा राखेका थिए । (सौस)

प्रतिक्रिया