आमाको निधनपछि शिशुको जन्म

Accidentआमाले धर्ती छोडिसकेपछि पनि गर्भमा रहेको शिशुले धर्ती टेक्न पाउँदो रहेछ, चाहे एक दिनलाई मात्र किन नहोस् † यस्तै भन्छ न्युयोर्कमा हालै भएको एउटा घटनाले । आफ्नो पहिलो सन्तानको आशामा बसेका एक अमेरिकी दम्पती सडक दुर्घटनामा सख्त घाइते भएर अस्पताल पुर्‍याइए । पत्नीको पेटमा बच्चा थियो । अस्पतालले बाबुआमालाई त बचाउन सकेन तर बच्चा भने जीवित जन्मियो । यद्यपि एक दिनपछि नै उक्त शिशुको निधन भयो ।
२१ वर्ष समान उमेरका नेचमेन र रेजी ग्लेबर ब्रुकलिन चढेको ट्याक्सी कारसँग ठोक्किँदा उनीहरू दुर्घटनामा परे । अस्पताल पुर्‍याउँदा दम्पतीलाई चिकित्सकले मृत घोषित गरे । तर, रेजीको गर्भमा रहेको शिशुलाई भने जीवितै निकाले । पुलिस अहिले कार ड्राइभरको खोजी गरिरहेको छ । उनीहरू सवार ट्याक्सीे ड्राइभरको भने सामान्य अवस्थामा उपचार चलिरहेको छ । विलियम्सबर्ग इलाकास्थित उनीहरूको घरनजिकै मध्यरातमा यो घटना भएको थियो । उनीहरू अस्पताल जानकै लागि हिँडेका थिए तर उनीहरू डेलिभरीकै लागि हिँडेका थिए वा अरू कुनै कारण थियो भन्नेचाहिँ खुल्न सकेको छैन । ती दम्पती ब्रुकलिनस्थित परम्परागत यहुदी समाजको एक हिस्सा रहेको अधिकारीहरूले उल्लेख गरेका छन् । स्थानीय अगुवा यहुदी रब्बी बर्नाड फ्रेलिकले भने– ‘यो निकै डरलाग्दो दुर्घटना भएको छ । उनीहरू पहिलो सन्तान जन्माउन अस्पताल जाँदै थिए तर उनीहरूले त्यो खुसी आत्मसात गर्न पाएनन् ।’ (एजेन्सी)

प्रतिक्रिया