पेट्रोलियम पदार्थ ढुवानी तथा आर्पूिर्तमा बारम्बार भइरहने बाधा अवरोध हटाउन के गर्नुपर्ला ?

lilendra-prdhanसर्वप्रथम पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा वितरणका लागि राज्य नै बलियो हुनुपर्छ । भन्नुको तात्पर्य राज्यले यससँग सम्बन्धित नीति नियम व्यवहारिक र समयसापेक्ष बनाउनुपर्छ । राज्य, आयल निगम, डिलर, ट्रान्सपार्टर सबै पक्षलाई ‘विन–विन’ हुने किसिमको नीति निर्माण गरियो भने पेट्रोलियम पदार्थ आपूर्ति तथा ढुवानीमा आइरहने बाधा, अवरोधहरू नियन्त्रण गर्न सकिन्छ । हरेक क्षेत्रमा विभिन्न समस्याहरू आइरहन्छन् तर त्यस्ता समस्याहरू समाधान गर्न राज्य इमान्दार र जागरूक हुनुपर्छ । यसका लागि सम्बन्धित नीतिनियमहरू राम्रा हुनुपर्छ । समस्या आइसकेपछि छिटोभन्दा छिटो समाधान गर्नुको साटो सम्बन्धित निकायले उदासिनता देखाइरह्यो भने बल्झिदै जान्छन् । साथै आन्दोलनका लागि सडकमा गइरकेपछि मात्रै जागरूक हुने सरकारी रवैयाले पनि यस्ता समस्याहरू बढ्दै गइरहेका छन् । सरकार, पेट्रोलियम पदार्थ ढुवानीकर्ता, आपूर्ति तथा वितरणमा संलग्न सरकारी तथा निजी निकायहरूले आ–आफ्नो दायित्व निर्वाह गरे भने यस्ता समस्या आउँदैनन् । पेट्रोलयम पदार्थ आपूर्ति तथा वितरणमा वर्षौदेखि पुरानै समस्याहरू देखिइरहेका छन् तर दीर्घकालीन रूपमा यी समस्या समाधान गर्न राज्यका तर्फबाट कुनै ठोस रणनीति अख्तियार गरेको पाइँदैन । तसर्थ राज्यले सबै पक्षलाई राखेर हामीसामु देखिएका सबै समस्याको उचित सम्बोधन गर्नुपर्छ ।

प्रतिक्रिया