ताप्लेजुङ, २२ फागुन । कांग्रेस सभापति सुशील कोइरालाले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बन्नेमा आफूलाई विश्वास नलागेको बताएका छन् ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ्मा आज पत्रकाहरुसंग कुरा गर्दै कोइरालाले प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने प्रस्ताव एमाओवादीले न्यायपालिकालाई कमजोर बनाउने उद्देश्यले ल्याएको आरोप लगाए ।
उनले भने, ‘चुनावी सरकारका बारेमा दलहरुबीच पूर्ण रुपमा सहमति भएको छैन ।’
एमाओवादी र मधेसवादी दलहरुले चुनाव गर्दा आफूहरु कमजोर हुने भयले चुनावी सरकार गठनमा बाधा सृजना गरिरहेको सभापति कोइरालाले आरोप लगाए ।
प्रतिक्रिया