माडीलाई ६० लाख एमाओवादीले दिने

puspakamal dahal niwasकाठमाडौं, २२ फागुन । सत्तारुढ एमाओवादीले चितवनको माडीमा भएको बांदरमुढे घटनाका पीडितलाई पार्टीकै तर्फबाट ६० लाख रुपियाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ ।
लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज बसेको पदाधिकारी र प्रभावशाली नेताहरुको बैठकले ६० लाख रुपियाँ राहत पार्टीले नै उलब्ध गराउने निर्णय गरेको नेता अमिक शेरचनले जानकारी दिए ।
दाहालले केही दिन अघि माडी महोत्सवमा बाँदरमुढे घटनाका पीडितका लागि सरकारले ६० लाख रुपियाँ बजेट विनियोजन गराएको दाबी गरेका थिए ।
नेता शेरचनले हेटौंडा महाधिवेशनबाट बचेको ६० लाख रकम उपलब्ध गराउने बताए । उनले भने, ‘प्रधानमन्त्री र शान्ति मन्त्रीले रकम निकासा दिन तयार भएपछि अध्यक्षले माडीबासीलाई ६० लाख आर्थिक सहयोगको वचन दिनु भएको हो ।’
दाहालले माडीमा घोषणा गरेको रकम सरकारले नदिए पछि बाध्य भएर एमाओवादीले पार्टीकै तर्फबाट ब्यहोर्न लागेको छ ।
२०६२ सालमा तत्कालीन नेकपा (माओवादी) कार्यकर्ताले यात्रु बसलाई लक्षित गरी विद्युतीय धराप विस्फोट गराउँदा ३९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया