त्रिवी शिक्षण अस्पतालमा आफ्नो छोटो कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

Bhagwan Koiralaयो छोटो समय धेरै मानेमा निकै प्रभावकारी र केही सन्दर्भमा निराशाजनक रह्यो । एउटा व्यक्तिले गर्नसक्ने जति सबै काम यसबीचमा गरियोजस्तो लाग्छ । इमानदारी, विद्वता र धैर्यता भए यस संस्थालाई राम्रोसँग चलाउन सकिन्छ भनेर हामीले पुष्टि गरेका छौँ ।
राजनीति र राजनीतिक दलभन्दा माथि उठेर यस संस्थालाई चलाउने नयाँ नेता छान्न सहयोग गर्न म सबैसँग आग्रह गर्छु । यस संस्थाबारे देशभित्र र बाहिरबाट गहिरो चासो राख्नुहुने सबैलाई मेरो धन्यवाद छ । म प्रतिबद्धता गर्न चाहन्छु, म सधैँ सार्वजनिक क्षेत्रमै हुनेछु र तपार्इंहरूको हिस्सा बन्नेछु । । म मनमोहन कार्डिओथोरासिक भस्कुलर एवं ट्रान्सप्लान्ट सेन्टरमा कार्डिओथोरासिक एवं भस्कुलर सर्जरीलाई निरन्तरता दिनेछु ।

प्रतिक्रिया