बालिका बलात्कारको अभियोगमा पक्राउ

balatkar 1सिरहा, २१ फागुन । सिराहा जिल्लामा चार बर्षीया बालिकालाई बलात्कारको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पडरिया–४ का १९ बर्षीय दिलिप सदा रहेको लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । सदाले शुक्रबार साँझ छिमेकमा चार बर्षीया अनिता चौधरी (नाम परिवर्तन)लाई बलात्कारको प्रयास गरेका थिए ।
अभिभावकले उजुरी दर्ता गराए पछि सदालाई जवरजस्ती करणी उद्योग अपराधको आरोपमा पक्राउ गरिएको हो ।

प्रतिक्रिया