पत्रकार थपलिया पुन: अस्पताल भर्ना

काठमाडौं : पत्रकार गोपाल थपलिया नसासम्बन्धी समस्याका कारण पुन: अस्पताल भर्ना भएका छन् । बिहीबार अचानक बेहोस भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना गरिएको हो ।
नसासम्बन्धी प्रा. डा. कृष्णकुमार ओली र प्रा.डा. जगदीशप्रसाद अग्रवालले उनको स्वास्थ्य उपचार गरिरहेका छन् । पत्रकार थपलियाको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा पुगेका दोलखाली पत्रकार समाजको टोलीसँग उनले उपचार नेपालमा नहुने भए पनि स्वास्थ्य अवस्था थप जटिल हुन नदिनका लागि अस्पतालमा भर्ना भएको बताए ।
पिस्कर काण्ड, ०३६ सालको आन्दोलन, ०४६ सालको आन्दोलन र ०६२/६३ सालको आन्दोलनमा घाइते भएकाले नसासम्बन्धी समस्या भएको डाक्टरको भनाइ छ । पत्रकार थपलियाले भने, ‘यी विभिन्न आन्दोलनमा प्रहरीले पिट्दा नसामा परेको थियो, नसा सुनिने, रक्तसञ्चार प्रक्रिया बन्द हुने समस्या भएको हो ।’

प्रतिक्रिया