श्रम पत्रकार संघमा श्रेष्ठ

काठमाडौं, १९ फागुन । नेपाल श्रम पत्रकार संघ (नेल्जा) को प्रथम साधारणसभाले रामराजा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
राजधानीमा शनिवार सम्पन्न सभावाट संघको आगामी दुइवर्षका लागि उपाध्यक्षमा शुकदेश चापागाईं, महासचिवमा किरण ढकाल, सचिवमा यादवराज जोशी र कोषाध्यक्षमा मोहन गुरुङ सर्वसम्मत चयन भएका छन् ।
यस्तै, संघको सदस्यमा सुमन नेपाल, सरोज ढुंगेल, कोमलप्रसाद दुलाल, मणिराज वाँस्तोला, हेमन्तशंकर आचार्य, होम कार्की र विनोद चौलागाईं चयन भएका छन् ।
आन्तरिक तथा वैदेशिक रोजगार क्षेत्रमा सक्रिय पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने तथा श्रम क्षेत्रमा देखिएका समस्या समाधानका लागि पत्रकारिताको माध्यमबाट नीतिगत तहमा आवश्यक दवावमुलक कार्यक्रम संचालन गर्ने निर्णय समेत सभाले गरेको छ ।
विभिन्न संचारमाध्यममा कार्यरत श्रम क्षेत्रमा क्रियाशिल पत्रकारको भेलाले करीव ६ महिना अघि सो संस्था स्थापना गरेको थियो ।

प्रतिक्रिया