पत्रकार कुटिए

Yadav-Bastolaसुर्खेत : पत्रकारिता एवं मानवअधिकार क्षेत्रमा क्रियाशील यादव बाँस्तोलामाथि सांघातिक आक्रमण भएको छ । वीरेन्द्रनगरबाट विद्यापुरस्थित घरतर्फ जाने क्रममा बिहीबार साँझ करिब साढे ७ बजे विद्यापुर–५ श्रीचौर जंगलमा ४ जनाको अपरिचित समूहले आक्रमण गरी बाँस्तोलालाई घाइते बनाएका छन् ।
घाइते बाँस्तोलाका अनुसार कांग्रेस र एमालेको आडमा माओवादीविरुद्ध लाग्ने भन्दै उनीहरूले फलामको सरिया र रडले निर्मम प्रहार गरेका थिए । ‘पहिलो मानवअधिकारवादी तैँ होइनस् भनेर सोधे’ बाँस्तोला भन्छन्, ‘मैले हो भनेपछि कांग्रेस र एमालेको आडमा द्वन्द्वकालका घटना उठाएर माओवादीको खेदो खन्ने भन्दै आक्रमण गरे ।’ गल्ती भए सच्याउन सकिन्छ के कुरा हो भन्नुस् भन्दा पनि कुरै नसुनी निरन्तर आक्रमण गरेको यादवले बताए । दुई जनाले आफूलाई समाएको र अन्य दुईले सरिया र सडले शरीरभर प्रहार गरेको उनले बताए । आक्रमणकारीले मार्ने उद्देश्यले आक्रमण गरे पनि आफू भागेर बाँच्न सफल भएको शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी यावदले बताए । (सौस)

प्रतिक्रिया