मुलुकलाई आर्थिक समृद्धि र विकासको मार्गमा डोर्‍याउन अब युवाहरूको दायित्व र भूमिका के हुन सक्छ ?

युवा संघ नेपालको महाधिवेशनले पनि मुलुकका लागि केही दिशानिर्देश गरेको छ । अहिलेको हाम्रो आन्दोलनलाई संयुक्त आन्दोलनका रूपमा अगाडि बढाउनुपर्छ र यो प्रतिरोधी आन्दोलनलाई उत्पादन र आर्थिक समृद्धिको आन्दोलनका रूपमा अनुमोदन गरिनुपर्छ । आमयुवाले मुलुकमा जारी हत्या, हिंसा र आतंकको अन्त्य चाहेका छन् । यसका विरुद्धमा आमनेपाली युवा लाग्नुपर्छ । अहिलेको अवस्थामा हाम्रो समाजको विशिष्टतालाई मिलाएर अगाडि बढ्न सक्नुपर्छ । मुलुकमा जुन जातीय भड्काव फैलाउने दुष्प्रयास भइरहेको छ, त्यसलाई कदापि हुन दिनुहँुदैन । यो सन्देश सबै जनतामा पुर्‍याउनु जरुरी छ ।
साथै, मुलुकमा शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर सिर्जना गर्दै आमनेपालीलाई गरिबीको चपेटाबाट मुक्त दिलाउनु आवश्यक छ । यसका लागि युवा स्वरोजगार कोषको स्थापना गर्ने माग थियो, जुन स्थापना पनि भइसकेको छ । तर, त्यसले आफ्नो उद्देश्य पूरा गर्न सकेको छैन । हाम्रो चाहना आमयुवालाई स्वरोजगार बनाउन सकियोस् र मुलुकमा बेरोजगारीको अवस्था धेरै समयसम्म नरहोस् भन्ने थियो । तर, कोष केवल एमाओवादीका कार्यकर्तालाई रकम बाँड्ने र कार्यकर्ता भर्ती गर्ने अखडा मात्र बनाइएको छ ।

प्रतिक्रिया