डिडिसीले ल्यायो गाईको दूध

DDCकाठमाडौं, १७ फागुन । दुग्ध विकास संस्थान (डिडिसी)ले नेपाली बजारमा पहिलोपटक गाईको दूध ल्याएको छ । यस्तो दूध प्रतिदिन ६ हजार प्याकेटभन्दा बढीले बिक्री हुने जनाएको छ ।

बालाजुस्थित काठमाडौं दुग्ध वितरण आयोजनामा प्रशोधन गरिने यो दूध पाँच सय मिली लिटरको प्याकमा उपलब्ध छ । यसको उपभोक्ता मूल्य प्रति प्याकेट ३० रुपियाँ रहेको छ ।
डिडिसी बुथ, डिपार्टमेन्ट स्टोर, फेन्चाईज स्टोरबाट उपभोक्ताले डिडिसी गाईको दूध लिन सक्छन् । गाईको दूधको बजारिकरणले गाई पालनमा वृद्घि गराउनमा किसानलाई थप प्रोत्साहन मिल्ने विश्वास संस्थानले लिएको छ । संस्थानले यस्ता गाईको दूध प्रत्येक लिटर बिक्रीबाट केही रकम छुट्याई किसानलाई गाई पाल्न प्रेरित गर्ने जनाएको छ ।
त्यसैगरी, संस्थानले चैत्रबाट महीको पनि बिक्री गर्ने तयारी गरेको छ । हाल संस्थानसँग प्रति दिन ४० हजार लिटर दूधलाई पाउडर बनाई भण्डारण गर्ने क्षमता रहेको छ । विराटनगरस्थित आयोजनामा दोब्बर क्षमता विकास भइरहेको पनि संस्थानले जनाएको छ ।

प्रतिक्रिया