शव राखेर धर्ना दिने चेतावनी

काठमाडौं : केही पूर्वसभासद् तथा दलित अधिकारकर्मीले धुलिखेल कारागारमा मारिएका रसुवाका कुमार नेपालीको हत्याका दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध नगराइए शव सिंहदरबार गेटअगाडि राखेर धर्ना दिने चेतावनी दिएका छन् ।
उनीहरूले प्रधानमन्त्री डा.बाबुराम भट्टराई र मुख्यसचिव लीलामणि पौडेललाई भेटेर यस्तो चेतावनी दिएका हुन् । नेपालीको शव दुई महिना ६ दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जको शवगृहमा राखिएको छ । दोषीलाई कारबाही गर्नुका साथै पीडित परिवारलाई १० लाख क्षतिपूर्तिको माग अधिकारकर्मीले गर्दै आएका छन । कारागार प्रशासनको लापरबाहीले ११ पुसमा नेपालीको कारागाभित्रै हत्या भएको थियो । पूर्वसभासद् विनोद पहाडीको नेतृत्वमा मंगलबार पूर्वसभासद् गोविन्द नेपाली, आशाकुमारी सरदार, लीला सोमई, प्रेमबहादुर तामाङ, राष्ट्रिय दलित आयोगका अध्यक्ष सुशीला सिर्पाइलीलगायतको टोलीले प्रधानमन्त्री र मुख्यसचिवलाई भेटेको थियो । (सौस)

प्रतिक्रिया