लुक्स राम्रो भएका केटा मन पर्छ

Prabisha-Adhikariपाश्र्व गायनमा गायिका प्रविशा अधिकारी चिनाइरहनु पर्ने नाम होइन । पाँच वर्ष अगाडि ‘बिदाई’ चलचित्रको गीतबाट पाश्र्व गायनमा प्रवेस गरेकी प्रविशा चलचित्र ‘कसलाई दिउ यो जोवन’को ‘तिमी जहाँ छौ’ बोलको गीत गाएर बढी चर्चामा आएकी थिइन् । उनको यो चर्चालाई पछिल्ला चलचित्र ‘मायाको बारीमा’, ‘आइ एम सरी’, ‘मालतीको भट्टी’लगायतले कायमै राखेको छ । पाश्र्व गायनमा मात्र दुई शयभन्दा बढी गीत गाइसकेकी प्रविशा बल्ल आफ्नो पहिलो एल्बम््को तयारीमा लागेकी छन् । प्रस्तुत छ, यिनै गायिकासँग सौर्यका लागि गरिएको कुराकानीको केहीअंश
यति धेरै गीत गाएपछि बल्ल आफ्नो एल्बम्् निकाल्दै हुनुहुन्छ नी ?
चलचित्रका गीत, कन्सर्ट र अध्ययनका कारणले आफ्नो एल्बम््को तयारीमा लाग्ने फुर्सदै मिलेन । अहिले फुर्सद निकालेर एल्बमको तयारीमा लागेकी हु । फेरि गायनमा लाग्नेको एउटा वास्तविक परिचय भने उसको एल्बम््ले मात्र बनाउँछ ।
पछिल्लो समय तपाईंको गायन सुस्ताएको महसुस भएको छ नी ?
अध्ययनका कारणले सुरुआतको समय भन्दा केही कम भएको हो तर म यस क्षेत्रबाट हराएको होइन । आफ्नै एल्बम् ल्याउन अरूको गीत कमि गरेको छु ।
गायनमा लागेर सन्तुस्ट हुन सकिन्छ त ?
अघिल्लो पुस्ताको हकमा यो अवस्था सिर्जना भएको थिएन । अहिले यसमा नाम र दाम दुवै छ ।
गायनको अलवा अभिनयमा सोख छ कि छैन ?
अभिनयमा रहर त छ । अरूको भन्दा पनि आफ्नै एल्बम्का गीतको म्युजिक भिडियोमा खेल्छु ।
गायिकाहरू पछिल्लो समय ग्ल्यामरस हँुदै गएका छन्, के बिक्छ ग्ल्यामर कि स्वर ?
गायनमा लाग्नेको बिकाउ भनेको स्वर नै हो । अचेल गायनमा लाग्नेको धेरै समय स्टेजकार्यक्रममा बित्ने भएकोले स्वरका साथै ग्ल्यामरमा पनि आवश्यक पर्छ ।
बिहे गर्ने सोच छ कि छैन, ड्रिमब्वाईको चाहाना कस्तो छ ?
बिहे गर्ने उमेर भर्खर भएको छ । सोच छ तर अहिले होइन एक दुई वर्ष पछि मात्र गर्छु । ह्यान्डसम र पर्सनालिटी ड्रिमब्वाईको पहिलो योग्यता हो । यसको अलवा माया गर्न जान्ने । र मलाई बुझ्ने पनि हुनुपर्छ । लुक्स राम्रो भएका केटा सारै मन पर्छ मलाई ।
राम्री हुनुहुन्छ चलचित्रको गीत गाउँदा अभिनयको अफर आएन ?
प्रस्ताव धेरै आए । चार/पाँच वटा चलचित्रको त स्कृप्ट नै हेरेको छु । अभिनय गर्नु भनेको चानेचुने कुरा होइन । त्यसैले तत्काल प्रवेश गर्न चाहान्न ।
प्रेम बसेको छ कि छैन ?
अहिलेका केटाकेटीको जस्तो प्रेम त बसेको छैन । तर, प्लस टु अध्ययनको समयमा एक युवकसँग आकर्षित भएको थिएँ । उसले पनि मलाई मन पराउँथ्यो । प्लस टु पछि त्यो त्यसै हरायो ।
फेसन फेर्न कति मनपर्छ ?
मलाई नर्मल पहिरन नै मनपर्छ । ग्ल्यामरमा मेरो जोड छैन । साधारण नै भएर हिँड्न मनपर्छ ।
कस्तो गीत गाउने रहर छ ?
मैले मेलोडी गीत धेरै नै गाइसकेको छु । यसैले फ्युजन गीत गाउने रहर छ ।

प्रतिक्रिया