चोरबाटोबाट बालुवाटार यात्रा †

Prdeep-Gyawaliप्रधानन्यायाधीश खिलराज रेग्मीले प्रधानमन्त्री बन्न तयार रहेको आशयका साथ सोमबार जारी गरेको विज्ञप्तिप्रति नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले फेसबुकमा कटाक्ष गरेका छन् । जबकि उनको आफ्नै पार्टीसमेतले खिलराजलाई नयाँ सरकारको प्रधानमन्त्री बनाउने विषयमा सहमति जनाइसकेको छ । उनको फेसबुक स्ट्याटसमा धेरैले समर्थन जनाएका छन् भने केहीले यस्ता कुरा पहिले आफ्नो पार्टीभित्र राख्न सुझाव दिएका छन् । ज्ञवालीको स्ट्याटसलाई २८ जनाले सेयर र तीन सय ५० भन्दा बढीले लाइक गरेका छन् ।
प्रतिक्रियाहरू
आरके ज्ञवाली : यो सतिले सरापेको देश हो दाइ ।
नेपाली लेखनाथ खनाल : एकदमै लाज लाग्यो प्रदीपजी ।
जनार्दन घिमिरे : त्यही त सर, अबको राजनीतिको यात्रा सहज छैन ।
विष्णु थापा : तिमै्र पार्टीको अध्यक्ष पनि छन् त कस्को कुरा काट्छौ हो लुरे ?
एकिन्द्र तिमल्सिना : प्रभावमा पर्ने निश्चित भो । यो प्रभावले विस्तारै फैलिएर बालुवाटार, राममशाहपथ र अन्य संवैधानिक निकायलाई नियन्त्रण गर्ने खतरा देखियो ।
गोविन्द खड्का : भारतीय राजदूतको उपस्थितिमा रेग्मीलाई ‘कन्भिन्स’ गरियो ।
नारायण ज्ञवाली : जे नहुनुपर्ने हो त्यही हुन्छ, जुन हुनुपर्ने हो त्यो हुँदैन । विधिको शासन र कार्यान्वयनमा समस्या भएपछि यस्तो अकल्पनीय कुरा पनि हुँदो रहेछ ।
पवन पुरी : खोइ त तपाईंहरूको चाला पनि देखियो । लोकतन्त्रको ठूला कुरा गर्ने अनि बस्ने । कस्तो दिक्कलाग्दो, एउटा अडान पनि लिन नसक्ने पार्टी रै’छ मैले सपोर्ट गरेको । यस्तै हो भने कमरेड, स्थिति राम्रो हँुदैन । कडा निर्णय लिनुस् । देश बचाउनुस् । नामको मात्र राजनीति नगर्नुस् । केही गर्न नसक्ने भए साधु बन्नुस् ।
गिरि प्रसाद : सतीले सरापेको देशमा तपार्इंहरू जस्ता केही असल नेताहरू जन्मिनु अभिशाप भयो कि ….???
गोपाल भण्डारी : केपी ओलीलाई बनाउने चाहना थियो है…. लास्ट टेन्सनमा हो कमरेड ?
रमेश पाण्डे : कानुनी राज्य र लोकतन्त्रको उपहास भयो । नेपालको राजनीतिक इतिहासमा कालो दाग लाग्ने भयो ।
सुमित अर्याल : प्रदीप सर, म तपाईंलाई सम्मान गर्छु । तर, तपाईंलाई अलिकति पनि लाज भएदेखि तपार्इंले यस्तो स्ट्याटस लेख्नुहुन्नथ्यो । तपाईं जस्तै नेताले गर्दा हो देश बिग्रेको । आफ्नै पार्टीको अध्यक्षलाई भन्नुस् न । एउटा कुरा विचार गर्नुस् प्रदीप सर, यदि तपाईंको घरमा आगो लागेको छ भने तपाईंकै परिवारले मात्र त्यो आगो निभाउनुपर्छ भन्ने छैन । छिमेकी वरपरकाले निभाए पनि हुन्छ । उसैमाथि तपाईंहरू आगो निभाउने सामथ्र्य नै राख्नुहुन्न भने त पक्कै पनि अरूले नै त्यो काम गर्नुपर्छ … हुतिहाराहरू…. । एउटा पार्टीभित्र त एक विचार बनाउन नसक्नेले राष्ट्रिय सहमति के खोज्लान् ?
पदम ज्ञवाली : नेपालमा राजनीतिक दलहरूले नै प्रजातन्त्रलाई विफल बनाए, त्यसैले निरंकुश नेता पैदा हुनेछ ।
होमर श्रेष्ठ : नेपालको राजनीतिक मौसम अनौठो र अनिष्ट छ । बाह्रै महिना बाह्रै काल घाम छेक्ने काला बादलहरू आकाशमा सल्बलाइरहन्छन् † प्रन्याको नेतृत्वमा हुने चुनावी सरकारको उपयुक्त विकल्प के छ ?
हरि थापा : तपाईंका नेताहरू ठीक भन्ने । तपाईं विरोध र शंका गर्ने । कि राजनीति छाड्नुपर्‍यो, कि भिड्नुपर्‍यो ।
सूर्यमणि पाण्डे : यो प्रेस विज्ञप्तिबाट नेपालको सर्वोच्च अदालत मरेको कुरामा शंका रहेन, न्याय पनि मर्‍यो र देश कोमामा पुग्यो । भगवान्, नेपाललाई बचाऊ ।
गण्ोश पौड्याल : निर्णायक ठाउँमा पुगी निर्णय गर्न नसक्नु तपार्इंको दोष हो । एमाले पार्टी आज आफ्ना राम्रा सिद्धान्त र हिजोका कमरेड मदन भण्डारी र मनमोहन अधिकारीको सम्झनामा बाँचिरहेको आभास हुन थालेको छ । राम्रा कुरा पनि जनताका माझ बिकाउन नसक्नु यो तपार्इंकै कमजोरी हो ।
भेषराज काफ्ले : आकाश नै झर्न लागेको झैं गरी तर्सन पर्ने जस्तो लाग्दैन, किनकि जनता सचेत छन् । तुरुन्त प्रतिक्रिया दिने विद्युतीयलगायतका थुप्रै मिडियाहरू छन् । प्रबुद्ध वर्ग, प्रतिपक्षी र अरू राजनीतिक दल पनि छन् । अन्तर्राष्ट्रिय जगत्ले पनि केही नबोली टुलुटुलु हेरेर त बस्दैन होला । त्यसैले चोरबाटोबाट नै आउने भए पनि आगामी पिएमको ‘हाउगुजी’देखि सावधानचाहिँ पक्कै हुनु पर्ला, तर तर्सन हुँदैन ।
द्रोण बस्नेत : भेषराजजी, तपाईंको विचारमा पूर्ण सहमत छु ।
एमाले गण्डकी सम्पर्क समिति : बालुवाटार र जयन्तप्रसादको संयुक्त योजना सफल होला जस्तो छ । त्यसमा हाम्रा नेताले पनि सहयोग गर्नु भएको छ ।
दीपक पाण्डे : प्रजातन्त्रको बहालीपछि घुसखोरी भ्रष्टाचारी अकर्मण्य नेतृत्वले हाम्रा लागि राखेको विकल्प… ।
यशोदा अधिकारी : व्यक्ति त बद्नाम भए नै, संस्थालाई पनि विवादमा ल्याउने काम भयो । यस्तो अवस्थामा चुप बस्नुहुँदैन ।
०००

प्रतिक्रिया