हिरोलाई हिरो भिलेनले बनाउँछ

Gyanendra-Deujaअभिनयमा सानैदेखि सोख थियो । त्यसैले चलचित्र, टेलिचलचित्र हेरिरहन्थेँ । अरूको अभिनय हेरेर आफू पनि त्यसै गर्ने प्रयास गर्थें । यसैगरी समय बित्दै थियो । ०४४ सालतिर टेलिचलचित्र ‘चक्रव्यूह’ मा खेल्ने मौका पाएँ । जम्मा दुई भागमा देखिए पनि यसबाट राम्रै चर्चा कमाएँ ।

ठूलो पर्दामा अभिनय गर्न भने लामै समय पर्खनुपर्‍यो । ०५२ सालतिर निर्देशक नारायण पुरीलाई भेटेपछि मात्रै मेरो यो रहर पूरा भयो । त्यतिबेला म वीर अस्पतालमा जागिर खान थालिसकेको थिएँ । उहाँ बुबाको उपचारका लागि आउनुभएको रहेछ । त्यही भेटपछि बढेको निकटतासँगै उहाँले मलाई आफ्नो चलचित्रमा अभिनयको मौका दिनुभयो ।
त्यतिबेला उहाँ ‘शंकर’ चलचित्र निर्देशन गर्ने तयारीमा हुनुहुन्थ्यो । त्यसमा मुस्तफा नामक मुस्लिम भिलेनको एउटा रोल छ, जो देशका विरुद्ध हतियार सप्लाई गरिरहेको हुन्छ । त्यही रोल उहाँले मलाई दिनुभयो । नाम सुन्दै अचम्म लाग्यो मलाई– मुस्तफा भाइ ।
मेरो पहिलो सट भाटभटेनीमा थियो, राजेश हमाल र नारायण त्रिपाठीसँग । राजेश दाइ उति बेलै सुपरस्टार भइसक्नुभएको थियो भने नारायण त्रिपाठी कमेडी किङ । मलाई एकदमै डर लागिरहेको थियो । मनमा अनेकौं कुरा खेलिरहन्थे– आफू नयाँ परियो, चलेका कलाकारले कस्तो व्यवहार गर्ने हुन् † अर्को समस्या, आफूले कहिल्यै नबोलेको मुस्लिम भाषामा संवाद बोल्नुपर्ने । मन दह्रो बनाएर अभिनय गर्न थालेँ । मेरो अभिनय वास्तविक मुस्लिमकै जस्तो भएछ, त्यसपछि त सबैले मेरो तारिफ गर्न थाले । मनको डर कम भयो ।
सुरुको स्क्रिप्टमा यो रोल धेरै लामो थिएन । तर, इफेक्टिभ हुने देखिएपछि निर्माणटोलीले निर्देशकसँग भन्न थाले– यो क्यारेक्टर त अन्तिमसम्मै राख्नुपर्छ । नभन्दै मेरो रोल बढाइयो । प्रदर्शनमा आइसकेपछि सफलता पनि हात पार्‍यो । यसमा निर्वाह गरेको भूमिकाका कारण मैले धेरैबाट प्रशंसा पाएँ ।
०००
सोख त थियो तर म अनायासै अभिनयमा प्रवेश गरेँजस्तो लाग्छ । सायद अरूले जत्तिको संघर्षै नगरी सफल पनि भएँ । खलपात्रबाट चलचित्र अभिनयमा छिरेको म अझैं यही रोलमार्फत कलायात्रामा निरन्तर छु । ७५ भन्दा बढी चलचित्र खेलिसकियो होला । रोल नेगेटिभ क्यारेक्टरको भए पनि यसैबाट मैले आफ्नो परिचय बनाएको छु । धेरथोर नाम, दाम र इज्जत जोरजाम गरेको छु ।

भन्न त कलाकारहरू जुन भूमिकामा सफल भयो, त्यो आफैँले रोजेको बताउँछन् । तर, मैले यही भूमिकामा मात्रै अभिनय गर्छु भन्ने कुनै योजना बनाएको थिइनँ । जे भए नि सबैले चिन्ने राम्रो कलाकार हुन्छु भन्ने सोच्थेँ । त्यसैले आफूलाई जे सुहायो, त्यस्तै अभिनय गर्दै गएँ । खलभूमिकाले नै आज मलाई त्यो स्थानमा पुर्‍याइदिएको छ । नत्र यहाँ कतिले भूमिका परिवर्तन गर्ने नाउँमा आफ्नो यात्रा बीचैमा छोड्नुपरेको छ । नारायण दाइले त्यसपछिका तीन चलचित्रमा लगातार मलाई नै भिलेनको रोल दिनुभयो । पछि निर्देशक दीपक श्रेष्ठले पनि मलाई पत्याउनुभयो । एकपछि अर्काे चलचित्रमा खलपात्रकै रूपमा छनोट हुन थाले । अब त मेरो परिचय नै खलपात्र भइसक्यो ।
उतिबेला खलपात्रमा डरलाग्दो खालको मान्छे राख्ने चलन थियो । मेरो शारीरिक बनावट पनि ठूलो भएकाले सबैले मलाई त्यो रोलमा उपयुक्त देख्नुभएको होला । भूमिका जे भए नि त्यसप्रति कहिल्यै नकारात्मक सोच पलाएन मलाई । अभिनयमा गर्नुपर्ने मेहनत त सबै भूमिकामा उत्तिकै नै हो । त्यसो त म आफूलाई अभिनय धेरै राम्रो गर्न सक्ने ठान्दिनँ तर असफलै पनि हुइनँ । नत्र उहिल्यै हराइसकेको हुन्थेँ होला यो क्षेत्रबाट । यसो भन्दैमा म स्टार कहिलिइसकेको पनि छुइनँ, त्यस्तो चाहना पनि होइन । संख्या नै बढाउने उद्देश्य हुन्थ्यो त मेरो हातमा पनि थुप्रै चलचित्र नआएका होइनन् । कति बेफुर्सदीका कारण गर्न सकिनँ भने कतिचाहिँ भूमिका चित्त नबुझेर ।

अभिनयका हिसाबले भिलेन र नायकबीच खासै फरक लाग्दैन मलाई । खलपात्रले पनि एक्सनलगायत सबैखाले अभिनय गर्नुपर्छ, जस्तो हिरोले गर्छ । बरु, शारीरिक हिसाबले खलअभिनय अझ गाह्रो हुन्छ । चलचित्रमा गतिलो खलपात्र नहुँदा हिरोले हिरोगिरी देखाउने मौकै पाउँदैन । म त भन्छु– हिरोलाई हिरो देखाउने नै भिलेनले हो ।
खलअभिनयलाई नराम्रो भन्ने पनि होलान् कोही । यो हेराइ र बुझाइमा भर पर्ने कुरो हो । चलचित्रमा बिगार्ने, मान्छे मार्ने, भत्काउनेजस्ता डरलाग्दा क्रियाकलापका कारण भिलेनप्रति नकारात्मक सोच आइरहेको हुन्छ, दर्शकलाई । त्यस्तो अभिनय गर्ने मान्छे वास्तविक जीवनमा पनि त्यस्तै होला भन्ने सोचेर कतिपय दर्शक त सम्बन्ध बनाउनै पछि हट्छन् । कति बोल्नै डराउँछन्, कतिले नराम्रो हिसाबले हेर्छन्, पर्दाबाहिर पनि । त्यसलाई म आफ्नो सफलता ठान्छु । आफ्नो अभिनय प्रभावकारी भएको अनुभूति हुन्छ ।
भिलेनका रूपमा अभिनय गर्दा खुसी र दु:ख दुवै पाएको छु । एकपटक बाह्रबीसे गएको थिएँ । गाडीबाट ओर्लंदै थिएँ । एउटा बच्चा ‘गुन्डा आयो’ भन्दै चिच्याएर दौडियो । बच्चा तर्सिएको देखेर ‘खोइ कहाँ छ गुन्डा’ भन्दै स्थानीय बासिन्दा हतियार बोकेर म भएतिर आए । म फेरि बसमै चढेँ । पछि सबैले कलाकार भन्ने बुझेपछि स्थिति सामान्य भयो । मलाई नराम्रो लागेन । आखिर यो मेरो अभिनयको सफलता अनि त्यसलाई दर्शकले गरेको माया थियो । कमसेकम मलाई उनीहरूले चिन्दा त रहेछन् नि †
खलपात्रबिना नायकले नायकी देखाउने मौका पाउँदैन । त्यसैले खलपात्र र नायकको भूमिकाले बराबर महत्त्व राख्छ । तर, नेपाली चलचित्रमा उद्योगमा यो कुरा कसैले बुझेका छैनन् । बुझ्नेहरूले पनि बुझ बचाएका छन् । खलनायक र नायकका बीच आकाशजमिनको फरक पारिन्छ, पारिश्रमिकमा होस् वा प्रचारप्रसारमा । नायक र नायिका मात्रै राम्रो भए पुग्छ भन्ने संस्कार हाबी छ । अन्य कलाकार त सुटिङ सुरु भएपछि बालाउने परम्परा छ । यसले चलचित्रको स्तरीयता ह्रास गर्दै छ, उद्योग धराशयी बनाउँदै छ ।
डरलाग्दा सिन थुप्रै गरियो तर अहिलेसम्म शारीरिक चोट भने बेहोर्नुपरेको छैन । त्रिशूलीमा हाम फाल्नेदेखि अरू पनि थुप्रै रिस्की सट गरेँ । तर, अहिलेसम्म आफूले गरेका अभिनयमध्ये प्रायमा सन्तुष्ट हुन सकेको छुइनँ । पछि हेर्‍यो, के नपुगेनपुगेजस्तो लागिरहन्छ । ‘माइला’ चलचित्रमा चाहिँ केही सन्तुष्ट भएँ । यसमा चाहिँ पोजिटिभ भूमिका खेलेको थिएँ । पहिलोचोटि खेलेको पोजिटिभ भूमिकाबाट उत्कृष्ट चरित्र अभिनेताको अवार्ड पनि पाएँ ।

अभिनयका अलावा पेसाले वीर अस्पतालको कर्मचारी म । ०४५ बाट जागिर खान थालेको । अहिलेको मुख्य पेसा यही हो, चलचित्रचाहिँ सहायक । जागिरका कारण छोड्नुपरेका चलचित्र थुप्रै छन् । तर, पनि फुर्सदमा पाइरहेकै छु ।

परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन् । छोराछोरी पढ्दै छन्, श्रीमती गृहिणी । घरभित्र भान्साको काम गर्न एकदमै मन पर्छ मलाई । घरवरिपरि उमारेर ताजा तरकारी खानु मेरो सोख हो । पहिले बुबाआमाले अभिनयमा प्रेरणा दिनुहुन्थ्यो, अहिले श्रीमतीले दिन्छिन् । उनकै सपोर्टका कारण जागिरबाट बचेको समय अभिनयमा लगाउन पाएको छु । खलपात्रमा अभियन गरेकोचाहिँ उनी त्यति मन पराउँदिनन् ।
छोरीको यस क्षेत्रमा रुचि छैन । छोरा कलाकार बन्न चाहन्छ तर गायनतिरबाट । पत्नी र छोराले मेरो अभिनयका कमजोरी औंल्याउँछन् । अनि सुझाव पनि दिन्छन् ।
….
चलचित्रमा लागेर समय व्यवस्थापन गर्न नसकिँदा दु:ख पाएका क्षण पनि थुप्रै छन् । एक समय यस्तो पर्‍यो, ‘छविलाल कन्जुस छैन’ को सुटिङ चलिरहेको थियो, अर्कोतिर आमा बिरामी हुनुहुन्थ्यो । उहाँलाई हप्तामा दुई–तीनपटक अस्पताल लैजानुपर्ने । घरमा म एक्लै, भाइ बाहिर थियो । बल्ल मिलाएर गरेको सुटिङ रोक्ने कुरा पनि भएन । तालमेल मिलाउन हम्मेहम्मे पर्‍यो मलाई । यो एउटा समस्याचाहिँ सबै कलाकारको साझा भएको छ । बेलामा भेट्न नपुग्दा छरछिमेकी र आफन्तले गर्ने गुनासाको त कुरै नगरौं ।
अरू कुरा त मैले चलचित्रबाट केही गुमाएको छुइनँ, बरु पाएकै छु । सबैले कलाकारका रूपमा सम्मान गर्छन् । जागिरबाट रिटायर्ड भएपछि पूरै चलचित्रमै लाग्ने सोच छ । निर्माण र निर्देशन दुवैतिर हात हाल्छु । केही तयारी पनि सुरु गरिसकेको थिएँ, अहिले रोकेको छु । किनकि अहिले कस्तो चलचित्र चल्छ भन्ने अनुमान लगाउनै गाह्रो छ । ५१ दिन, सय दिन प्रदर्शनको कुरा एकादेशको कथा भएको छ । दर्शकको आशा निराशामा बदलिएको छ । कस्तो चलचित्र बानाउने भन्नेमा निर्माता आपैँm कन्फ्युजनमा छन् । यस्तो बेला जसले राम्रो चलचित्र बनाउन सक्छ उसैले दर्शकको माया भरपूर पाउँछ । म पनि त्यस्तै चलचित्र बनाउने सोचमा छु ।

प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया