बर्दियामा पन्ध्र बोरा सुपारी बरामद

supariबर्दिया, १५ फागुन । बर्दिया जिल्लामा प्रहरीले पन्ध्र बोरा अबैध सुपारी बरामद गरेको छ ।
बेलुवा–४, मानखोलामा सोमबार राती प्रहरीले भे.१ च १११८ नम्वरको जीपबाट १५ बोरा अवैध सुपारी बरामद गरेको हो । जीपसहित पक्राउ पर्नेमा बाँके बैजापुर–३ बस्ने २१ बर्षीय ईश्वरी प्रकाश डाँगी रहेका छन् ।
१५ वटा बोरामा रहेको करीब ९ सय किलो अवैध सुख्खा सुपारीसहित डाँगीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको टोलीले जीप चेकजाँचका क्रममा अवैध सुपारी फेला परेको थियो ।

प्रतिक्रिया