चितुवाको आक्रमणबाट दुई घाईते

Chituwaभक्तपुर, १५ फागुन । भक्तपुरको चागुँनारायणमा चितुवाको आक्रमणबाट दुई जना स्थानीय बासिन्दा गम्भीर घाईते भएका छन् ।

चितुवाले चाँगु–९ का सीताराम न्यौपाने र वडा नम्वर २ का हरिकाजी भडेँललाई आक्रमण गरी गम्भीर घाईते बनाएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

गाउँमा पसेको चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयले चितुवा मारिदिएका छन् । स्थानीयले चितुवालाई घेरा हालेर आज दिउँसो मारेका हुन् ।

प्रतिक्रिया