वैकुण्ठ स्मृति फुटबल पिनाकललाई नै

Baikunth-smriti-futblकाठमाडौं : डिफेन्डिङ च्याम्पियन पिनाकलले दोस्रो वैकुण्ठ स्मृति अन्तरउमावि फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । लगनखेलस्थित बुद्धि विकास मण्डलमा भएको उपाधि भिडन्तमा पिनाकलले लिटिल एन्जल्स (एलए) लाई १–० गोलअन्तरले हराउँदै उपाधि रक्षा गर्‍यो । विजेताका अनिल गुरुङले निर्णायक गोल गरे । उपाधिसँगै पिनाकलले ४० हजार तथा एलएले २० हजार नगद पुरस्कार जिते । अखिल (क्रान्तिकारी), ललितपुर जिल्ला समितिद्वारा आयोजित प्रतियोगितामा पिनाकलका निशान्त ढुंगाना उत्कृष्ट खेलाडी घोषित भए । त्यस अवसरमा सहिद वैकुण्ठका दाइ वासु पोखरेललाई अभिनन्दन गरिएको थियो । प्रतियोगितामा १८ टिमले प्रतिस्पर्धा गरेका थिए । (सौस)

प्रतिक्रिया