सप्तरीमा लागूऔषधसहित दुई युवा पक्राउ

saptari
राजविराज, १४ फागुन । सशस्त्र प्रहरीले सप्तरीबाट लागूऔषधसहित सुन्सरीका २ यूवालाई पक्राउ गरेको छ ।
आईतवार राती सशस्त्र प्रहरीले भारदह–१ स्थित कोशी ब्यारेज आसपासबाट हरिपुर–८ निवासी दुई युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २० वर्षीय मोहम्मद समादिन मियाँ र १८ वर्षीय ग्यासमदिन मियाँ छन् । उनीहरुको साथवाट फेनारगन ९८ थान, लुपिजेसिस १ सय १ थान, डाईजिपाम १ सय ३ थान र विआर ३८ ए ९८२३ नम्बरको भारतीय मोटरसाईकल वरामद भएको प्रहरीले जनाएको छ ।
संकास्पद अवस्थामा फेला परेका यूवालाई चेकजाच गर्दा उनीहरुको साथवाट लागूऔषध फेला परेको हो ।

प्रतिक्रिया