गर्भावस्थाका १२ लक्षण

Pregnentआमा बन्नु महिलाका लागि खुसीको कुरा हो । गर्भावस्थामा महिलाहरूले शरीरमा थुप्रै परिवर्तनको अनुभूति गरेका हुन्छन् । गर्भावस्थाको समयमा देखिने यस्ता परिवर्तनबारे जानकारी नहँुदा उनीहरूमा डरसमेत पैदा हुने गरेको छ । गर्भवती अवस्थामा महिलाहरूको शारीरिक तथा मानसिक दुवै कुरामा परिवर्तन आउने गर्छ । यसबारे महिलाहरूलाई राम्रो ज्ञान हुन आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ । विशेष गरी गर्भवती भएका बेला हुने सुरुवाती परिवर्तनबारे राम्रो ज्ञान भयो भने यसले महिलाहरूलाई विभिन्न समस्या तथा गुनासोबाट टाढा राख्न मद्दत गर्छ । महिलाहरूमा गर्भावस्थामा आउने केही सुरुआती परिवर्तन निम्न छन् :
िमहिनाबारी रोकिन्छ । यो नै गर्भवती भएको सबैभन्दा पहिलो लक्षण हो ।
िसम्पूर्ण महिलामा आफू गर्भवती भएको अनुभूति स्वत: हुन्छ र सत्य पनि हुन्छ ।
िमहिलाको स्तनमा परिवर्तन आउँछ । गर्भवती अवस्थामा स्तन दुख्ने तथा संवेदनशील हुने गर्छ भने कहिलेकाहीँ स्तनको टुप्पामा कालो रङ देखापर्छ ।
िसहजै थकानको महसुस हुने गर्छ । यो अवस्थामा शरीरका हर्मोनमा वृद्धि भइरहेकाले महिलाहरूले चाँडै थकान तथा गाह्रो भएको महसुस गर्छन् ।
िबारम्बार पिसाब लाग्ने गर्छ । यो अवस्थामा पिसाबनलीमा पाठेघरले बढी चाप दिने र मृगौलाबाट पनि अतिरिक्त रसायन निस्कने भएकाले महिलाहरूलाई ९ महिनासम्म बारम्बार पिसाब लाग्ने गर्छ ।
िबिहानीपख ज्वरो आउने तथा वाकवाकी लाग्ने हुन्छ । गर्भवती अवस्थामा शरीरले नयाँ अवस्थाको सामना गर्नुपर्ने भएकाले यास्तो हुने गर्छ । बिहानीपख लाग्ने वाकवाकी विशेष गरी पहिलो महिना हुने गर्छ र विस्तारै घट्दै जान्छ ।
िशरीर काम्ने तथा बेहोस हुने हुन्छ । यो अवस्थामा आमाले आफ्नो शरीरमा भएको प्रोटिन बच्चालाई पनि प्रदान गर्ने भएकाले आमालाई कमजोरी तथा बेहोसी हुने गरेको हो । यस्तो बेलामा आमाले धेरै प्रोटिन तथा भिटामिनयुक्त खाना खान आवश्यक हुन्छ ।
िकेही खानेकुरा खान मन पर्दैन । यो अवस्थामा बढी भिटामिनयुक्त र प्रोटिनयुक्त खानेकुरा खाइरहने हुँदा त्यस्तो अनुभूति हुने गरेको हो । तर त्यसो भयो भन्दैमा खान छोड्नु हुँदैन ।
िकेही बास्ना तथा गन्धदेखि एलर्जी हुन सक्छ । महिलाको शरीरमा भएको एस्ट्रोजन हर्मोनको साइड इफेक्टका कारण यस्तो हुने गर्छ ।
िकब्जियत हुन सक्छ । यस्तो भएमा तुरुन्त डाक्टरकहाँ जानुपर्छ ।
िगर्भवती अवस्थामा महिलाहरूको मन छिनछिनमा परिवर्तन हुन्छ । कहिलेकाहीँ उनीहरू ज्यादै सन्काहा हुन्छन् भने कहिले भावुक ।
िशरीरको तापक्रम एकदम बढ्ने गर्छ । ढाड दुख्छ । पेटमा भएको बच्चाको तौलका कारण ढाड समस्या आएको हो । (सौस)

प्रतिक्रिया