विद्यालय तहका विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गर्न नसकिरहेका बेला जनक शिक्षा सामग्री केन्द्र र साझा प्रकाशनबीच सम्बन्ध विच्छेद हुँदा शैक्षिक क्षेत्रमा यसले कस्तो प्रभाव पार्छ ?

दुवै संस्थाले नेपालको शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका थिए । विद्यालयस्तरको पाठ्यपुस्तक जनकले छाप्ने र साझाले वितरण गर्दै आएको थियो । जसले गर्दा विद्यार्थीहरूले पुस्तक पाएका थिए । यी दुईबीच सम्बन्ध विच्छेद भयो भने यसको असर विद्यार्थीलाई पर्छ । एक त समयमै पुस्तक नपाइरहेको अवस्थामा जनक र शिक्षाको सम्बन्ध टुट्यो भने झनै विद्यार्थीले समयमा पुस्तक पाउनेछैनन् । एक त ढिलै भए पनि पुस्तक विद्यार्थीले पाइरहेका थिए । त्यो पनि नपाउने अवस्था आउँछ ।
अहिले लेनदेनका कारण जनक र साझाको सम्बन्ध बिग्रिएको छ । यसलाई सपार्ने प्रयास गर्नुपर्छ । शिक्षा मन्त्रालयको अग्रसरता पनि यी दुईबीचको सम्बन्धलाई सुधार गर्नुपर्छ । सम्बन्ध बिग्रे फेरि अर्को साझेदारी संस्था खोज्नुपर्छ । अर्को साझेदारी संस्था कस्तो हुने हो, त्यसले झन् झन्झट ल्याउँछ । त्यसैले यिनीहरूको सम्बन्धलाई फुट्न दिनुहँुदैन । बरु जनक र साझालाई के गरेर मिलाउने हो, त्यतातिर ध्यान दिन जरुरी रहेको छ ।

प्रतिक्रिया