मुलुकसामु रहेको संवैधानिक र राजनीतिक संकट समाधान गर्नका लागि गैरराजनीतिक नेतृत्वभन्दा पनि दलीय नेतृत्वको सरकार प्रभावकारी हुन सक्दैन र ?

अहिले प्रमुख चार राजनीतिक दलका कारण मुलुकमा प्रतिदिन समस्याहरू बल्झिँदै गइरहेका छन् । विदेशीहरूले जेजे भन्छन् त्यहीअनुसार चलिरहेका छन् । संवैधानिक मूल्य, मान्यता, व्यवस्था केकस्ता छन् भन्ने बारेमा सबै नेताहरू जानकार नै छन् । तैपनि, सबै बुझपचाएका छन् । नेकपा–माओवादीले पहिलेदेखि नै राजनीतिक नेतृत्वले मात्रै मुलुकसामु विद्यमान समस्याहरू समाधान गर्न सक्ने भएकाले गैरराजनीतिक नेतृत्वमा सरकार बनाउने कुराको विरोध गरिरहेका छन् । विदेशीले बस भने बस्ने उठ भने उठ्ने गलत प्रवृत्तिका कारण आज यो अवस्था आइपरेको हो । व्यवस्थापिका–संसद् त समाप्त पारे नै अब बाँकी रहेको स्वतन्त्र न्यायपालिकालाई पनि राजनीतिमा ल्याएर विवदामा पार्ने र समाप्त पार्ने खेलमा प्रमुख चार दलका नेतहरू लागेका छन् । विदेशीहरूको इशारामा चलेर मुलुकको राष्ट्रिय अस्मिता समाप्त पार्ने ध्याउन्नमा लागेका छन् । यस्तो प्रवृत्तिले मुलुकसामु देखा परेका समस्या समाधान गर्ने होइन कि झन् बल्झँदै जानेछन् ।

प्रतिक्रिया