(युग चेतनाको अप्रतिम अभिव्यक्ति एवं चिन्तनको एउटा विशिष्ट प्रवृत्ति “‘अस्तित्ववाद’का प्रवर्तक ज्याँ पाल सात्र्र विश्वकै एक महान् लेखक, दार्शनिक र चिन्तक हुन् । सात्र्र युग चेतनालाई समात्ने एक अपराजित, निर्भीक र निष्ठावान् स्रष्टा हुन् । यहाँ तिनै अविस्मरणीय साहित्यकारको आत्मकथात्मक रचनालाई प्रस्तुत गरिएको छ, जसका लागि भारतीय लेखिका प्रभा खेतानद्वारा सात्र्रमाथि लिखित ‘सात्र्र : शब्दों का मसीहा’ तथा कामुमाथि लेखिएको ‘वह पहला आदमी’ कृतिलाई प्रमुख सन्दर्भस्रोतका रूपमा लिइएको छ ।)
किताबबीचबाट नै मेरो जिन्दगी सुरु भयो; अन्त्य पनि यिनकै बीचमा हुनेछ । यसमा कुनै शंका छैन ।
मेरो हजुरबुबाको अध्ययन कक्ष फ्रान्सेली र जर्मनी ग्रन्थहरूले भरिएका थिए । कोठाको चारैतिर किताबै किताब थिए । अक्टुबर सुरु हुनुभन्दा अघि नै वर्षमा एकपटक त्यस कोठाको सरसफाइ गरिन्थ्यो । त्यतिबेलासम्म मलाई पढ्न आउँदैनथ्यो । तर, ती उम्रिएका ढुंगाहरूको महत्त्व मैले बुझिसकेको थिएँ । दराजमा इँटाको चाङजसरी मिलेर–फैलिएर बसेका हुन्थे किताबहरू । मलाई लाग्थ्यो, मेरो परिवारको समृद्धि यिनै किताबमाथि निर्भर छ ।
मेरी हजुरआमाको बेग्लै पुस्तकालय थियो । त्यहीँ भएका कथाका किताब पढेर मेरी आमा मलाई सुनाउनुहुन्थ्यो । म आश्चर्यचकित हुन्थेँ, यी किताब कसरी बोल्छन् भनेर । किताबका जादुगरी जगत्मा मलाई पनि बाँच्नु थियो । त्यसैले पढ्न सिक्दै गरेको म आफ्ना आरामदायी मेचयुक्त पिङमा बसेर हेक्टर मार्लोको ‘नो फेमिली’ पुस्तक लिएर पढ्न बस्थँे । त्यो पुस्तक मलाई कन्ठस्थ थियो । आधा सस्वर र आधा मौनवाचन गरेर म हरेक पृष्ठ पढ्थँे । यसरी नै एकदिन अन्तिम पाना पढ्दा मैले पढ्न सिकँे । तब मेरो खुसी ठेगानामा थिएन । ती स–साना वनस्पतिका आवाज, जसलाई मेरो हजुरबुबा एक दृष्टिमै जीवित तुल्याउनुहुन्थ्यो । ती आवाजलाई मैले आफ्नो बनाएको थिएँ । म तिनलाई सुन्नेवाला थिएँ । म त्यो किताबको पठनले आफूले आफैँलाई भर्नेवाला थिएँ, सबै कुरा जान्न सक्नेवाला भएको थिएँ ।
पेरिसका हर मध्यमवर्गीय बच्चाहरू जस्तै म पनि छुट्टी मनाउन गाउँ जान्थँे । जब मैले किताबका भाषा बुझ्दै गएँ, मेरो संसार पेरिसको रु द गाफास्थित घरको छैटौँ तलामै थियो, जहाँ पुस्तकहरू थिए । त्यसो त आफ्नो बाल्यकालको स्मृतिका पानाहरूमा म आफ्ना मीठा गल्ती खोज्छु जो कहीँ पनि भेटिँदैनन् । मैले कहिल्यै पनि माटोसित खेलिनँ, न रूखबिरुवा जम्मा गरँे । न चराको गँुड खोजेँ न चरालाई ढुंगाले नै हानेँ । किताब नै मेरो चरा थियो, मेरो गँुड थियो, मेरो पाल्तु जनावर, मेरो खेतबारी । सब थोक किताबै थियो ।
हुर्कंदो उमेरमा मलाई वस्तुहरूको अपेक्षा विचार नै बढी वास्तविक लाग्यो किनभने ममा विचार पहिला आउँथ्यो र त्यो ममा वस्तुरूपमा नै प्रकट हुन्थ्यो । मैले किताबका बीच जगत्लाई संग्रहीत, वर्गीकृत, र नामांकित रूपमा भेट्टाएँ । त फेरि पनि त्यो प्रभावशाली थियो । मैले यिनै किताबको माध्यमबाट आफ्नो अनुभव अनुभूतिलाई बुझँे ।
आफ्नो आइडियालिज्मबाट छुटकारा पाउन मलाई तीस वर्ष लाग्यो । खासमा मैले मेरो भ्रमलाई भेटेको थिएँ । मेरो लागि किताबले जतिका महत्त्व अरू केहीले राख्दैनथ्यो । पुस्तकालय नै मेरो मन्दिर थियो र म धर्मगुरुको नाति थिएँ, जो दुनियाँको छतमा बस्थ्यो । प्रत्येक व्यक्तिको एउटा आफ्नै स्थान हुन्छ । यो होइन कि अहंकारवश काही उचाइमा हुन्छन् । त्यो बालापन हो, र उसको भविष्यको निर्णायक पनि त्यही हो । मेरो स्थान पेरिसस्थित घरको छैटाँै तलामा थियो, जहाँबाट म धेरैको घरको छानो देख्थँे, जहाँ म शासक पनि थिएँ, सर्जक पनि । किताब पढ्थँे र लेख्थँे ।
हरेक अस्तित्वधारी चीज अकारण नै पैदा हुन्छन्, दुर्बलतावश तिनीहरू घिस्रिएको अवस्थामा रहन्छन् र सुविधाअनुसार मर्छन् । म स्वयंलाई घोटिएको, माझिएको, सफा, सुग्घर परमाणु ठान्थँ, जसलाई शक्तिशाली तागतले गाँजेको छ । मलाई इच्छाविपरीत युद्ध क्षेत्रमा पठाइएको थियो । युद्धको दौरान म नाजी क्याम्पको भीडमै मिसिएँ र आमसाधारणको एक हिस्सा बनँ । मैले बुझँ जिन्दगीको आफ्नै बाध्यता छ । खतराको सामना गरिरहेको जिन्दगी विशुद्ध रूपमा वयैक्तिक र आत्मकेन्द्रित हुनै सक्दैन । त्यसको वैयक्तिक नियति, त्यसको भाग्य र जिन्दगी जिउनुको जोखिम ती आमजनसाधारणको पनि हिस्सा बन्न जान्छ ।
मैले परिवर्तनलाई आत्मसात गरेँ । म राजनीतिबाट अलग रहन सकिनँ । प्रत्येक व्यक्तिले सक्रिय रूपमा आफ्नो जिन्दगीको जिम्मेवारी बहन गर्नुपर्छ । लाग्थ्यो, समय आइसकेको छ हामी आफ्नो पलायनबाट बाहिर निस्कनै पर्छ । कल्पना, भ्रान्ति र आत्मवञ्चनाको सहारामा ठोस वस्तुबाट टाढा रहनुहुन्न । लेखकका लागि पलायनको बाटो नहोस् । हामी चाहन्छाँै, लेखक आफ्नो समयसित जोडिइरहोस् । यो उसको लागि अचूक अवसर पनि हो । यसको निर्माण उसैको लागि भएको हो र लेखक पनि यसैको लागि बनेको हो ।
लेखकलाई थाहा हुन्छ, शब्द–भरिएको बन्दुक हो । यदि त्यो बोल्यो भने पनि गोली लाग्छ । ऊ चुप रहन सक्छ तर उसले गोली चलाउन बन्द गरेको छ । त्यसैले यो काम उसले बच्चाले जसरी नभएर एउटा वयस्कलेजस्तै निशाना साँधेर गर्नुपर्छ । लेखनको पहिलो सर्त नै प्रतिबद्धता हो । हाम्रो लागि लेखन एक व्यवसाय हो । हामी यो प्रयास गर्छाँै, जहाँसम्म सकिन्छ हामी आफ्नो पुस्तकमा सही होआँ । शताब्दीले हामीलाई गलत साबित गर्दै आइरहेको छ । हामीलाई अन्तिम रूपमा गलत साबित गर्ने कारण भने कुनै छैन ।
लेखक सार्वजनिक पाठकका लागि लेख्छ । उसको अनिवार्यता सबैको लागि हुन्छ । जो मान्छे एकै समयमा एउटै घटनामा बाँचेका छन्, जसले एउटै प्रश्न सोधेका छन् या नकारेका छन्, जसको जिन्दगीको स्वाद एउटै छ, पुस्तकले ती व्यक्तिबीच सम्पर्क स्थापित गर्छ । साहित्यको पूरै उपयोगिता एउटा वर्गहीन समाजमा मात्र सम्भव छ । त्यहाँ लेखक सबका लागि आत्मचेतनाका पैगम्बर बन्नेछ । यस्तो समाजमा लेखक सामन्तवादी र सर्वहराको बीच बाँडिएको हँुदैन । उसलाई वर्तमानबाट पलायन हुनुपर्दैन । यद्यपि उसको स्थिति सार्वजनिक हुनेछ । त्यसैले ऊ मानव मात्रको लागि आशाको आक्रोश व्यक्त गर्छ । यसरी ऊ स्वयंले आफूले आफँैलाई एउटा पूर्ण अभिव्यक्ति दिन्छ । केबल वर्गहीन समाजमै साहित्य जन निर्णयका लागि समर्पित एवं आत्मसजग र परावर्तित रूपले चेतन जगत्को निर्माता हुनेछ ।
मेरो लेखक मित्र अल्वेयर कामुसितको सम्बन्ध कटुतामा परिणत भएपछि त्यो दुनियाँभरको लागि निकै चर्चाको विषय बन्यो । फ्रान्सको स्वतन्त्रताको आन्दोलनको क्रममा हामी दुई नजिकिएका थियौँ । त्यतिबेला कामु ‘कम्बाट’ पत्रिकाको सम्पादक थिए भने म त्यसमा लेख्ने गर्थेँ । हाम्रो मित्रता गम्भीर खालको थियो । हामी दुवै राति अबेरसम्म सँगै बसेर पिउँथ्यौँ । साहित्यिक, वैचारिक र दार्शनिक बहसहरू गथ्र्यौं । संगीत सुन्थ्यौँ । तथापि हाम्रो धरातल र सोचमा केही भिन्नता थिए । जब कामुको ‘दि रिबेल’ प्रकाशित भयो साहित्य जगत्मा त्यो ठूलो धमाका बन्यो । वामपन्थी खेमाबाट त्यसको खुबै आलोचना भयो । क्रान्तिको विरुद्ध अराजकतालाई प्रोत्साहित गर्न खोजिएको आरोपसम्म लगाइयो । केहीले यसलाई शताब्दीकै महान् पुस्तकमध्ये एक भएको टिप्पणी पनि गरे । तर, सत्य के थियो भने कामुमा बिना कुनै दार्शनिक भावभूमि, मानिसका अवधारणालाई नबुझिकनै माक्र्सवादको आलोचना गर्ने अधिकार थिएन । हाम्रो मित्रतामा धेरैअघि नै दरार आएको थियो । सायद अब यसलाई तोड्ने समय पनि आयो । कामुको गुनासो मसित थियो । उसले उठाएका मुद्दामाथि चुप लागेर बस्नुको मतलब कसैलाई मुख देखाउन योग्य नुहुनुजस्तो थियो । कसैले पनि उसको बारेमा उसकै अघि सत्य भन्न सक्दैनथे, जसको नतिजा मेरो सामु थियो । कामु वास्तवमा एक अतिशयोक्तिको सिकार भएको थियो । उसले आफ्नै चरित्रको हत्या गरेको थियो ।
कामुले सन् १९५७ मा नोबेल पुरस्कार पाए । त्यही पुरस्कार सन् १९६४ मा मेरो लागि घोषित गरिएको थियो तर मैले ग्रहण गर्न अस्विकार गरेँ । यसले केही मिसअन्डरस्यान्डिङ उत्पन्न भयो । मलाई नोबेल समितिको निर्णय परिवर्तन हुन सक्दैन भन्ने थाहै थिएन । पुरस्कार अस्विकार गर्नुको मेरो उद्देश्य स्विडिस एकेडेमीको अपमान गर्नु थिएन । पुरस्कार नलिने निर्णय मैले निजी कारणले लिएको हुँ । मैले आजसम्म कुनै सरकारी सम्मान स्वीकार गरेको छैन । यदि सोभियत सरकारले मलाई लेनिन पुरस्कार दिन्छ भने पनि म स्वीकार गर्ने छैन । यदि कुनै लेखक कुनै सम्मान स्वीकार गर्छ भने उसले आफ्ना व्यक्तिगत मान्यता त्यस संस्थासँग सम्बद्ध गर्नुपर्ने हुन्छ भन्ने मेरो मान्यता छ । यसैले म लेखकले कुनै पनि संस्थासित सम्बद्ध हुनुहुँदैन भन्ने ठान्छु । पूर्व र पश्चिममा संस्कृति र जनताका विचार आदानप्रदान हुनुपर्छ तर कुनै संस्थाले यस काममा दख्खल दिनुहँुदैन । सत्य यो पनि हो, अहिलेसम्मको नोबेल पुरस्कारमा सबै राष्ट्र र आदर्शको प्रतिनिधित्व हुन सकेको छैन । यसैले यदि मैले यस पुरस्कारलाई स्विकारँे भने मप्रति अझ बढी शंका बढ्नेछ ।
प्रत्येक समाजमा लेखक र कलाकार एक ‘आउटसाइडर’ हुन्छ । सायद म पनि यस्तै थिएँ । बुझ्ने भएदेखि नै मैले पारम्परिक जीवनशैलीलाई रुचाइनँ । विवाह, परिवारसंस्था, सम्पत्ति अथवा कुनै नियमित पेसामा संलग्न जीवनप्रति मेरो गहिरो उपेक्षा थियो । सिमोन द वुभारसित मेरो गहिरो र घनिष्टसम्बन्ध रह्यो । त्यो केबल कुनै पारम्परिक बन्धनबिनाको आत्मीयता, सम्मान तथा मित्रतामा आधारितसम्बन्ध थियो । विचार र अनुभवले खारिएर सिमोनले विवाह र वंशपरम्पराविरुद्ध आफ्नैखाले धारणा बनाएकी थिइन् । मेरो धारणा पनि त्यस्तै थियो ।
बिहेजस्तो सामाजिक बन्धनको बारेमा मैल कहिल्यै सोचिनँ । हामी निजी जिन्दगी जिउन चाहन्थ्यौँ । समाजको कुनै पनि प्रकारको हस्तक्षेप मान्न तयार थिएनौँ । वुभार र म कुनै पनि प्रकारको संस्थापनको विरुद्धमा थियौँ, किनभने त्यसलाई स्विकार्नुको अर्थ आफ्नो स्वतन्त्रतालाई खतरामा पार्नु थियो । फेरि हामी संस्थाकोविरुद्ध यसकारणले पनि थियौँ कि हामी सुरुदेखि नै बुर्जुवाविरुद्ध उभिएका थियाँै, जो संस्थाको जनक र पोषक हुन्छ । हामीलाई यस्तो लाग्यो–हामी आफ्नो व्यक्तिगत जिन्दगीको
बारेमा आफ्ना निजी निर्णय आफैँ लिऊँ । त्यसैले हामीले बिहे नगरी सँगै बस्याँै । जीवनसाथीको रूपमा सिमोनसित मेरो मैत्री र प्रेम स्थायी थियो ।
मैले सोचेको जीवन बाँचे, सोचेकै लेखँे । मलाई कुनै कुराको पश्चात्ताप छैन । जीवनलाई फर्केर हेर्दा म खासै गुनासो गर्नुपर्ने ठाउँ देख्दिनँ । म जे–जे चाहन्थेँ , जिन्दगीले मलाई धेरैथोक दियो , यद्यपि मैले यो पनि अनुभव गरेँ– जे जति मैलै पाएँ त्यो सबैथोक थिएन । दुनियाँमा मेरो सबैभन्दा ठूलो आवश्यकता आफैँलाई कसरी बचाउँm भन्ने थियो । मसित केही थिएन । न हातमा, न खल्तीमा । मसित थियो त केबल मेरो विश्वास र काम !
सन्दर्भ स्रोत : सात्र्र–वर्डस्, ह्वाट इज लिट्रेचर, सिमोन द बुबुवार : मेमोरिज अफ अ ब्युटिफुल डौटर, प्राइम अफ लाइफ
प्रस्तुति : ईश्वर बुढाथोकी
प्रतिक्रिया