कक्षा दशका छात्र/छात्राको शव रुखमा

Dailekha District

दैलेख, ११ फागुन । दैलेख जिल्लामा कक्षा दशमा अध्ययनरत एक जोडी छात्र÷छात्रा रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
कुशापानी–८ स्थित जंगलमा रहेको रुखमा बिहीबार दिउँसो करीव १४ बर्षीय चेतन अधिकारी र साढे १३ वर्षीया भावना चापागाईं रुखमा झण्डिएको अवस्थामा फेला परेका हुन् । चेतन वडा नम्वर आठ र भावना वडा नम्वर नौं निवासी हुन् ।
दुई दिन देखि वेपत्ता चेतन र भावनाको शव नजिकैको जंलगमा झुण्डिएर मृत्य भएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । चेतनले भावनाको सल र भावनाले चेतनाको गलबन्दीले घाँटीमा पासो लगाएको अवस्थामा फेला परेका थिए ।
उनीहरुको हत्या भएको हो वा आत्महत्या गरेका हुन् भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन । सो घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसको छ ।
चेतन र भावना श्रीमहादेब मावि, मनीपोखरामा कक्षा दशमा अध्ययनरत थिए । उनीहरुको पछिल्लो एक वर्षदेखि मायाप्रेम रहेको विद्यालयका साथीहरुको भनाई छ ।

प्रतिक्रिया