नेपालका सबै कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी छन् । जसले गर्दा बारम्बार झगडा हुने गरेका छन् । तर, नयाँ कारागार निर्माण गर्नेतर्फ किन ध्यान दिइएको छैन ?

नेपालका जति पनि ठूला कारागार छन्, प्राय: सबै राणाकालीन समयमा बनेका हुन् । त्यसबेला र अहिलेको अपराधलाई तुलना गर्ने हो भने निश्चय नै आकाश–जमिनको फरक छ । तर, कारागार निर्माण गर्नेतर्फ कसैको ध्यान गएको देखिएन । सत्ता पुगेका प्राय: नेतालाई यो तथ्य राम्रोसँग थाहा छ, किनकि कुनै बेला उहाँहरूको दिन त्यही कारागारमा बितेको थियो । उहाँहरू सत्ताबाहिर बस्दा निर्माण गर्नुपर्छ भन्नुहुन्छ । तर, जब उहाँहरू सत्तामा पुग्नुहुन्छ, बिर्सनुहुन्छ ।

सत्तामा पुगेपछि उत्तरदायित्व बिर्सने नेताहरूका कारण कारागार निर्माण हुन नसकेको हो । निश्चय नै कारागारको आकार सानो छ । तर, कैदीबन्दी बढेका छन् । बस्ने ठाउँ हुँदैन । वातावरण अस्वस्थ छ । यसर्थ कारागार सुधारगृहजस्तो छैन । सरकारले उसमा विल्कुल उदासीन छ । कारागारमा मारकाट चल्ने, भित्रैबाट अपराध गर्ने कारण यिनै हुन् ।

प्रतिक्रिया