नेपालमा केही महिनादेखि दुवै छिमेकी मुलुकको सुरक्षा चासो बढ्दै गएको छ । दुवैले आफ्नो स्वभाविक गुनासोलाई सम्वोधन गर्न नेपाल सरकार सक्षम नभएको अथवा गम्भीर नभएको अनुभूति गर्न थालेका छन् । अर्को तिर संक्रमणकाल लम्ब्याउँदै लगेर नेपाल सरकारविहीन अवस्थामा पुगेको छ । यही अवस्थामा यो घटना भएको छ । राजधानीको अति व्यस्त ठाउँमा यस्तो घटना हुनु ठीक होइन ।
हिजोका अखवारहरूमा आएअनुसार यस्तो घटना हुने सुइको सरकारले पाएको थियो । तर, यसलाई रोक्न सरकार सक्षम भएन । मेरो विचारमा नेपालमा विस्तार, शासकीय कमजोरी र छिमेकी देशसँगको सम्बन्ध अनिवार्य संवेदनशीलताको अभावले अफगानिस्तान हुने कुबाटोमा अघि बढेको छ । यो सबैका लागि चिन्ताको विषय हो । तर, घटना भएको ४८ घन्टा बित्दा पनि सरकारले आफ्नो मुख खोलेको छैन । यसबाट आफगानिस्तान पुग्ने कुबाटो अझै छोटिएको छ ।
प्रतिक्रिया