न्यूनतम पूर्वाधार नभएका निजी विद्यालय खारेज गर्नु कति ठीक हो ?

यो निर्णय एकदम ठीक छ । ‘घ’ श्रेणीका विद्यालय भनेको आधारभूत पूर्वाधार र सेवा नै नभएका विद्यालय हुन् । जब विद्यालय हुनका लागि हुनुपर्ने आधारभूत सेवा र पूर्वाधार नै छैन भने त्यस्ता विद्यालय सञ्चालन गर्नुको कुनै अर्थ छैन । यस्तालाइर् हामी विद्यालय नै भन्दैनौँ । त्यस्ता विद्यालयलाई एकैपटक खारेज गर्नुभन्दा पनि पहिला पूर्वाधार पूरा गरेर ‘ग’ मा आऊ वा अरूसँग मर्ज भएर आऊ भन्ने हो ।

यसमा पनि अटेर गर्छन् भने ती विद्यालयलाई सोझै खारेज गर्नुपर्छ । ०६१ सालमा बनेको शुल्क निर्धारण समितिले विद्यालयको वर्गीकरण गरेको थियो । त्यो समयमा नै ‘घ’ श्रेणीका विद्यालयलाई पाँच वर्षभित्र पूर्वाधार पूरा गर भन्ने मौखिक सहमति भएको थियो तर आजसम्म पनि नभएपछि यो खारेजीको निर्णयमा जानुपरेको हो । यो निर्णय शिक्षा मन्त्रालयले पहिला नै गर्नुपर्ने थियो ।

प्रतिक्रिया