कांग्रेसको शान्तिपदयात्रा

स्याङ्जा : नेपाली कांग्रेस स्याङ्जाले शान्ति, लोकतन्त्र, विकास र निर्वाचनका लागि आमनागरिकलाई जागरुक गराउन राम्दीघाटदेखि कास्कीको फेदीखोलासम्म शान्तिपदयात्रा गरेको छ ।
शनिबार नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले उद्घाटन गरेको पदयात्राका सहभागी शनिबार बेलुका वालिङ आइपुगेका थिए । उनीहरू आइतबारे सदरमुकाम स्याङ्जाबजार आइपुगेका थिए ।
स्याङ्जा, पाल्पा र कास्कीका पदयात्रीको सहभागिता रहेको पदयात्रा सोमबार कास्कीको कुभिन्डेभन्ज्याङमा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यमा समापन भएको नेपाल तरुण दल स्याङ्जाका उपाध्यक्ष सुरजकुमार अधिकारीले बताए । (सौस)

प्रतिक्रिया