प्रतिपक्षको आन्दोलन सत्ताको नभएर नयाँ संविधान निर्माण गर्न संविधानसभाको निर्वाचन सुनिश्चित गर्ने उद्देश्यले गरिएको हो । तोकिएको समयमा निर्वाचन गर्न नसकेपछि निर्वाचनको मिति तोक्ने प्रधानमन्त्रीले स्वत: राजीनामा गर्नुपर्ने हो । कुनै पनि नैतिकवान प्रधानमन्त्रीले आफूले घोषणा गरेको मितिमा निर्वाचन गर्न नसकेपछि पदमा बसिरहँदैन । तर, बाबुरामजीको पारा बेग्लै छ । उहाँलाई नैतिकताको विषयले छुँदो रहेनछ ।
एमाले अहिले प्रधानमन्त्री, सरकार वा सत्ता खोजिरहेको छैन । हामीले त निर्वाचन चाहेका छौँ, छिटो भन्दा छिटो । तर, प्रचण्ड र बाबुरामजी जेठमा पनि निर्वाचन नगर्ने दाउमा हुनुहुन्छ । हामी उहाँहरूको यस्तो दाउपेच र षड्यन्त्रविरुद्ध संविधानसभाको निर्वाचनको सुनिश्चितताका लागि आन्दोलनमा उत्रेका हौँ । सहमतिको सरकार गठनको माग संविधानसभाको सुनिश्चित गर्नका लागि हो, सरकारका लागि होइन ।
प्रतिक्रिया