प्रधानमन्त्रीका कारण मुलुकमा अराजकताः कार्की

काठमाडौं, २२ माघ । नेपाल वार एसोशिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले प्रधानमन्त्री बाबुराम भट्टराईले नागरिकलाई असुरक्षाको घेरामा राखेर मुलुकमा अराजकता उत्पन्न गरेको आरोप लगाएका छन् ।
उनले आफू मात्रै सुरक्षा घेराम बस्नु प्रधानमन्त्रीको व्यवहार न्यायसंगत नभएको बताए । रफत सञ्चार क्लवले आज भक्तपुरमा आयोजना गरेको कार्यक्रममा कार्कीले नागरिकको सुरक्षा दिने दायित्व प्रधानमन्त्री भट्टराईको रहेको बताए ।
विपक्षी दलका शान्तिपूर्ण कार्यक्रम खल्बलाउने कार्य वर्तमान सरकारबाट भएको आरोप लगाएका उनले भट्टराईले मुलुकमा अराजकता निम्ताउने दुस्साहस गरेको दाबी गरे ।

प्रतिक्रिया