एकल महिलाको भेला

काठमाडौं : श्रीमान्को मृत्युपछि एकल जीवन बिताइरहेका महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन सोमबार (आज) नेपालमा सुरु हुँदै छ । एकल महिला समूहको आयोजनामा काठमाडौंमा सुरु हुने सम्मेलनमा १७ देशका प्रतिनिधिले सहभागित जनाउँने समूहका संस्थापक अध्यक्ष लिली थापाले सौर्यलाई बताइन् । आयोजकका अनुसार १७ देशबाट ३० र नेपालका ७३ जिल्लाबाट प्रतिनिधि सहभागिता रहने सम्मेलन दुई दिनसम्म चल्नेछ । बुधबार नै समूहको राष्ट्रिय भेला हुने भएकाले सम्मेलनमा नेपालको धेरै प्रतिनिधित्व हुने थापाले बताइन् । (सौस)

प्रतिक्रिया