एसियन जोनल चेस आजदेखि

काठमाडौं : श्रीलंकाको कोलोम्बोमा एसियन जोनल थ्री प्वाइन्ट टु चेस प्रतियोगिता आइतबार सुरु हुँदै छ । प्रतियोगितामा नेपालका तर्फबाट फिडे मास्टर सुजेन्द्र श्रेष्ठ र कृष्ण थापाले सहभागिता जनाउनेछन् । अफिसियल रघुनाथ महर्जन रहेका छन् । शनिबार त्यसतर्फ प्रस्थान गरेको नेपाली टोलीलाई नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशीले बिदाइ गरे । प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, बंलगादेश, माल्दिभ्स र भुटानका खेलाडीको सहभागिता रहनेछ ।
यसैबीच, प्राप्त समाचारअनुसार नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशीको अध्यक्षतामा बसेको संघको पाँचौँ पूर्णबैठकले संघका ३ जना उपाध्यक्षमा काभ्रेका रघुवर चौप्रधान, इलामका विदुर गौतम र ललितपुरका हीराकाजी महर्जनलाई मनोनीत गरेको छ । सदस्यमा धरमबहादुर लामा, विमला खनाल, धनलक्ष्मी दुवाल, ज्ञानेन्द्र महर्जन र यज्ञराज पन्त छन् । त्यसैगरी, सल्लाहकारमा नवीन तन्डुकार, रमेश सिलवाल र विकास लामालाई चयन गरिएको छ ।
संघले जिल्ला संघहरूलाई क्रियाशील गराउन उपत्यकाभित्र चैत मसान्तभित्र स्कुलस्तरीय र जिल्ला प्रगियोगिता अनिवार्य रूपमा आयोजना गर्नुपर्ने र उपत्यकाबाहिरका जिल्लाहरूले असार मसान्तसम्म प्रतियोगिता आयोजना गर्नुपर्ने निर्णय गरेको छ । (सौस)

प्रतिक्रिया