चुरेभावरका अध्यक्ष प्रधानाङ्ग पक्राउ

काठमाडौं, २० माघ । ठगी आरोपमा प्रहरीले हिमालय फाइनान्स लिमिटेडका तत्कालिन अध्यक्ष हिमालय भक्त प्रधानाङगलाई पक्राउ गरेको छ ।
पक्राउ परेका प्रधानाङ्ग सत्तारुढ चरेभावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष समेत हुन् । उनको पार्टीका तर्फबाट महासचिव बद्री न्यौपानेले महिला बालकालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
उनको फाईनान्स काठमाडौंको सुन्धारामा रहेको छ । प्रचलित कानून र नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत अनियमित तवरले कर्जा प्रवाह गरेको आरोपमा प्रधानाङग र निमित्त महाप्रवन्धक श्यामकृष्ण श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले ऋण प्रवाह गरेर संस्था तथा वित्तिय प्रणालीलाई जोखिममा पारेको प्रहरी भनाई छ । अध्यक्ष प्रधानाङ्ग शुक्रबार पक्राउ परेका हुन् ।

प्रतिक्रिया