राजनीतिको कुरा गर्ने हो भने देशका सबै क्षेत्रमा आवश्यक छ जस्तो मलाई लाग्छ । यस क्षेत्रमा पहिले पनि राजनीति नभएको होइन, थियो र अबका दिनहरूमा पनि चलिरहन्छ । भन्ने नै हो भने नेपाली चलचित्र क्षेत्रको सुरुआत नै राजनीतिबाट भएको हो । ०२१ सालमा निर्माण भएको आमा चलचित्रमा पनि प्रजातन्त्रको प्रचार गरिएको थियो । हामी कलाकारमा मात्र अहिलेसम्म राजनीतिक चेतना नभएको हो ।
अहिले आन्दोलनमा उत्रिए चलचित्रकर्मीहरू सबै कुनै न कुनै पार्टीसँग आवद्ध छन् र तीनैको सञ्चालनमा आन्दोलनमा उत्रिएका हुन् । कलाकारितामा राजनीति हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहिरहने छ । चलचित्र क्षेत्रमा राजनीति नभित्र्याउने हो भने चलचित्रसम्बन्धी अध्ययन र अनुभवी मानिसलाई लोकसेवा आयोगमार्फत छनोट गर्नु पर्यो नि ?
प्रतिक्रिया